साग पुरूष भलिबलः नेपाल र बंगलादेशकाे खेल एक एक सेटकाे बराबरीमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०८-११
  • |
  • 200 पटक हेरिएको

दक्षिण एसियाली खेलकुद सागको पुरुष भलिबलमा नेपालले अहिले बंगलादेश विरुद्ध खेलिरहेको छ । जसमा नेपाल र बंगलादेश विचको एक एक सेटको बराबरीमा पुगेको छ ।

त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कर्भडहलमा जारी खेलको पहिलो सेट नेपालले २५– २१ ले जित्न सफल भयो । नेपालले सुरुवात देखि नै आफ्नो अग्रता कायम राखेको थियो ।

जसमा नेपालले बंगलादेश विरुद्ध १९–११ को अग्रता बनाउँदा पछि खेल २१–१६ मा पुुगेको थियो । त्यसपछि नेपालले चार अंक जोड्दा बंगलादेशले मात्र तीन अंक जोड्न सक्यो । जसका कारण खेल २४–२० मा पुगेको थियो । तर अन्तिममा नेपालले अंक जोड्दै २५–२१ ले सेट जित्यो ।

दोस्रो सेटमा बंगलादेश केहि हावी देखिएको थियो । सुरुवात देखि नै बंगलादेश निकै प्रतिस्पर्धात्मक खेल भएको सेटमा नेपाल २०–२३ ले पछि रहेको थियो । तर त्यसपछि नेपालले लगातार दुई पोइन्ट बटुल्दै खेल २२–२३ मा पुर्याएका थिए । निकै रोमाञ्चक भएको दोस्रो सेटको अन्तिममा बंगलादेशले २५–२३ ले गुमाउन पुग्यो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey