बिपक्षी कमजाेर हुँदा खेलाडीले राम्राे खेल्न पाएनन् – प्रशिक्षक भट्ट

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०८-११
  • |
  • 179 पटक हेरिएको

बंगलादेश विरूद्दकाे खेलमा जित निकालेपनि नेपाली महिला भलिबल टिमका प्रशिक्षक जगदिश भट्टले बिपक्षीले प्रतिस्पर्धात्मक खेल खेल्न नसक्दा नेपाली खेलाडीले पनि उत्कृष्ट खेल देखाउन नपाएकाे बताएका छन ।

उनले प्रतिद्वन्द्वीले कमजोर खेल्दा खेलाडीले आफनो १०० प्रतिशत दिन नसकेकाे बताए । तर पनि नतिजा राम्राे भएकाेमा खुसी लागेकाे बताए । यस्तै उनले दाेस्राे खेलमा बिहिबार हुने भारत विरूद्दकाे खेलमा अझ उत्कृष्ट प्रदर्शन गर्ने धारणा राखे ।

भट्टले भने “हामीलाई घरेलु कोर्ट र समर्थकको फाइदा छ । चार महिनादेखि तयारी गरेका छौं । यसभन्दाअघि भलिबलको नतिजा बिर्साउने गरी खेल्नेछौँ । हिजो के भयो नभई भोलि के गर्नेमा केन्द्रित हुनेछौं ।

यस्तै कप्तान अरुणा शाहीले पनि प्रशिक्षककाे भनाइमा सहमत जनाइन । उनलेपनि प्रतिद्वन्द्वी कमजोर बन्दा खेलाडीले सोचेअनुसार खेल्न नसकेको बताइन् । तर उनले भारत विरूद्दकाे खेल राेमाञ्चक हुने दाबी गरिन । बंगलादेशसँगको प्रदर्शनभन्दा बिहिबार भारतविरुद्ध फरक खेल प्रदर्शन गर्ने कप्तान अरुणाको भनाइ छ । 

नेपालले अब भोलि बलियो प्रतिद्वन्द्वी भारतको सामना गर्नेछ । पराजित बंगलादेशले शुक्रबार भारतसँग खेल्नेछ । समूहको शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey