साग महिला भलिबलमा नेपाल २-० ले अगाडी (प्रत्यक्ष प्रशारण)

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०८-११
  • |
  • 178 पटक हेरिएको

दक्षिण एसियाली खेलुकद साग अन्तर्गत महिला भलिबलको पहिलो खेलमा नेपालले अहिले बंगलादेशसँग खेलिरहेको छ ।

त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद्को कर्भडहलमा जारी खेलमा नेपालले पहिलो सेट आफ्नो पक्षमा पारेको छ । जसमा नेपालले बंगलादेशलाई २५–९ ले पराजित गर्यो ।

दोस्रो सेटमा पनि नेपालले सुरुवात देखि नै अग्रता बनायो । जसमा नेपालले एक समय १२–५ को अग्रता बनाएको थियो । त्यसपछि २०–५ ले अगाडी रहेको नेपालले त्यसलाई कायमै राख्दै २२–५ को अग्रता बनायो ।

नेपाल सामु निकै कमजोर देखिएको बंगलादेशले त्यसपछि स्कोरबोर्ड अरु चार स्कोर जोड्दा नेपालले सेट २५–९ ले आफ्नो पक्षमा पार्न सफल भयो । जसका कारण नेपालले खेलमा दुई शुन्यको अग्रता बनायो ।

सुरुवात देखि नै दबावमा राखेको नेपालले बंगलादेशलाई दोहोरो अंक जोड्न नदिदै सेट आफ्नो पक्षमा पार्यो । केहि साता अगाडी भएको बंगलादेशमा नै भएको एभिसी वुमन्स सेन्ट्रल जोन भलिबलमो पनि नेपालले बंगलादेशलाई हराएको थियो । खेलकाे प्रत्यक्ष प्रशारण

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey