भारतको भलिबल टिम आज आइपुग्ने

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०८-११
  • |
  • 365 पटक हेरिएको

१३ औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत आजदेखि भलिबल खेल शुरुहुँदै छ । भलिबलमा नेपालसहित ६ देशले प्रतिस्पर्धा गर्दैछन् । अरु टिम आइपुगिसेको भए पनि भारतीय टिम भने आइपुगको थिएन ।

जसका कारण सागको भलिबलमा भारतले भाग नलिने होकी भन्ने आशंका भइरहेका बेला भारतीय टिम आज रातिसम्ममा काठमाडौ आइपुग्ने जनाइएको छ । नेपाल भलिबल संघका उपाध्यक्ष कुमार सुवेदीका अनुसार भारतका महिला र पुरुष दुवै टिम आज आउँदैछन् ।

आज भलिबलको उद्घाटन खेल भए पनि भारतका खेल भने भोलि मात्रै छ । उपाध्यक्ष सुवेदीले महिला टिम अपरान्ह सवा पाँच बजे र पुरुष टिम राति ८ बजे काठमाडौ आइपुग्ने बताए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey