सेन्ट्रल जोनको स्प्रिट कायम राख्छौं : भलिबल कप्तान शाही

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०८-१०
  • |
  • 301 पटक हेरिएको

काठमाडौं, १० मंसिर । नेपाली महिला भलिबल टिमकी कप्तान अरुणा शाहीले घरेलु कोर्टको फाइदा लिने बताएकी छिन् । बंगलादेशविरुद्ध बुधबार उद्घाटन खेल खेल्नुअघिल्लो दिन सञ्चारकर्मीसँग कुरा गर्दै कप्तान शाहीले सागका लागि आफूहरु एकदमै उत्साहित भएको बताइन् । उनले भनिन् ‘हामी होम ग्राउण्डका लागि एकदमै उत्साहित छौं ।’

बंगलादेशमा भएको एभीसी सेन्ट्रल जोन वुमन्स भलिबलमा स्वर्ण पदक जित्दै इतिहास बनाएको नेपाली टिमका लागि सागमा पनि स्वर्ण पदक जित्ने ठूलो चुनौती छ । सेन्ट्रल जोनमा भारत र श्रीलंका थिएनन् । सागमा उनीहरुको पनि सहभागिता हुने भएकाले यस पटक नेपालले उनीहरुलाई हराउँदै स्वर्ण पदक जित्ने लक्ष्य लिएको छ । कप्तान शाहीले भनिन् ‘सेन्ट्रल जोनमा स्वर्ण पदक जितेकाले एक किसिमले उत्साहित छौं भने सागमा स्वर्ण पदक जित्ने चुनौती पनि हामीसँग छ । अहिले नेपाली महिला भलिबलमा सवैको नजर परिरहेकाले त्यसै अनुसार प्रदर्शन गरेर स्वर्ण पदक जित्ने ठूलो चुनौती हामी सामू छ ।’

सागमा ६ टिमको सहभागिता हुने भन्दै यसअघि नै तालिका सार्वजनिक गरिएको थियो । जसमा नेपालको समूहमा भारत र बंगलादेश रहेका छन् । नेपालले बंगलादेशलाई कमजोरी प्रतिद्वन्द्वीको रुपमा आंकलन गर्दा भारतसँग भने सावधान रहेको छ । यस विषयमा पनि कप्तान शाहीसँग कसरी फाइनल पुग्ने भन्ने जवाफ छ । उनी भन्छिन् ‘हाम्रो समूहमा भारत पनि रहेकाले भारतलाई जित्न सकियो भने अर्को समूहबाट सेमिफाइनलमा माल्दिभ्स आउँछ । समूह चरणमै भारतसँग पराजित भएमा सेमिफाइनलमा श्रीलंका पर्न सक्छ । त्यसैले हामी दुवै तिरबाट कठिन प्रतिद्वन्द्वीको सामना गर्न तयार छौं । नेपाली महिला टिमको अहिलेको लक्ष्य भनेको स्वर्ण पदक नै हो ।’

सागको तयारीका लागि भन्दै राखेपले भलिबललाई बैदेशिक प्रशिक्षणमा पनि पठाएको थियो । फलस्वरुप महिला टिमले थाइल्याण्डमा तीन हप्ता प्रशिक्षण गरेर बंगलादेशमा भएको एभीसी सेन्ट्रल जोन खेल्न गएको थियो । थाईल्याण्डको प्रशिक्षणले नेपाली टिम फर्ममा आएको कप्तान शाही बताउँछिन् । ‘अहिले हाम्रो टिम एकदमै फर्ममा छ । थाइल्याण्डको ३ हप्ताको प्रशिक्षण र बंगलादेशको सेन्ट्रल जोनले खेलाडीमा आत्मबल बढाएको छ । थाईल्याण्डको प्रक्षिण पछि गेम स्प्रिट अलि बढेको छ ।’

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey