भलिबलमा भारतबाट टेक्निलक अफिसर आए खेलाडी आउने अन्योलमा!

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०८-१०
  • |
  • 260 पटक हेरिएको

काठमाडौं, १० मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत बुधबारदेखि काठमाडौंमा भलिबलको खेल शुरुहुँदै छ । प्रतियोगिताको उद्घाटन १५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने तय भए पनि महिला र पुरुष भलिबलको खेल भने बुधबार देखिनै त्रिपुरेश्वरको कर्भडहलमा शुरुहुने छ ।

त्यसका लागि तयारी पनि पुरा भएको छ । भलिबलमा भुटानले टिम नै नबनाएकाले भलिबलमा भाग नलिने घोषणा गरेको थियो । यद्यपि अरु खेलमा भने भुटानको सहभागीता रहने छ । सवैभन्दा चासोको विषय भलिबलमा अहिले भारतको सहभागिता हुन्छ की हुँदैन भन्ने हो ।

माल्दिभ्स, श्रीलंका, पाकिस्तान र बंगलादेशका भलिबल खेलाडीहरु काठमाडौं आइसको छन् । उनीहरुले मंगलबार काठमाडौंमा अभ्यास पनि गर्न भ्याइसके । तर अहिलेसम्म भारतीय खेलाडीहरु भने काठमाडौं आइपुगेका छैनन् । जसले गर्दा भलिबलमा भारतको सहभागिता के हो भन्ने अन्योल बढेको छ । डिआरएम बैठकले मंगलबार माल्दिभ्स र श्रीलंकाका खेलाडी तथा खेलको बारेमा टुंगो लगाएको छ । भारतको पालो बुधबार परेकाले यस विषयमा टेक्निकल अफिसरहरुले जवाफ दिने बताइएको छ ।

हुन त भारतको खेल पहिलो दिन नभएकाले विहीबारको खेल अगाडि आइपुग्ने अनुमान गरिएको छ । खेलाडीहरु नआए पनि भारतबाट भलिबलका २ जना टेक्निकल अफिसरहरु काठमाडौं आइसकेका छन् । डा. नरेन्द्रर सिंह क्षेत्री र अब्दुल कादिर सामथ अहिले भलिबलको टेक्निकल कमिटीका मिटिङहरुमा सहभागिता जनाइरहेका छन् ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal