ओलम्पिक टर्च र्‍याली आज सुर्खेतमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०८-१०
  • |
  • 417 पटक हेरिएको

१३ औं दक्षिण एसियाली खेलकुद सागको ओलम्पिक टर्च र्‍याली आज सुर्खेत पुगेको छ ।

कर्णाली प्रदेशको राजधानी सुर्खेत पुगेको टर्चलाई नगर परिक्रमा गराइएको छ । सुर्खेतको बिरेन्द्र चोकबाट सुरु भएको र्‍याली शहरको मुख्य भाग परिक्रमा गरी मंगलगढीमा पुगेको थियो । बुटवलबाट सुर्खेत पुगेको टर्च र्‍याली आजै धनगढी पुग्दैछ ।

धनगढीबाट ओलम्पिक टर्चलाई सागको सह–आयोजक शहर पोखरा ल्याइनेछ । टर्च र्‍यालीमा वैकुण्ठ मानन्धर, जितबहादुर केसी, दिपक विष्ट, राजेन्द्र भण्डारी, नयना शाक्य, दिपक श्रेष्ठ लगायतका १३ जना कीर्तिमानी खेलाडी तथा ओलम्पियन सहभागी छन् ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal