सागमा स्वर्ण जित्नै पर्ने चुनौती छ : फुटबल कप्तान सुजल

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०८-०९
  • |
  • 169 पटक हेरिएको

काठमाडौं, ९ मंसिर नेपाली फुटबल टिमका कप्तान सुजल श्रेष्ठले आसन्न १३ औं दक्षिण एसियाली खेलकुद सागमा स्वर्ण पदक जित्नै पर्ने चुनौती रहेको बताएका छन् । साढे ४ वर्ष पछि दशरथ रंगशालामा अभ्यासका लागि नेपाली टिमसँगै आएका कप्तान सुजलले आफ्नै देशमा हुन लागेको सागमा स्वर्ण पदक जित्दै इतिहास बनाउने मौका रहेको उल्लेख गरे ।

१२ औं संस्करणमा पनि सागमा स्वर्ण पदक जितेको नेपालले यसपटक आफ्नै मैदानमा इतिहास दोहोर्याउन लक्ष्य लिएको छ । कप्तान श्रेष्ठले रंगशाला भित्र अभ्यास गर्न जानु अघि के भने त । उनको भनाईको सम्पादित अंश । ‘हामी यो मैदानमा छिर्न पाएका थिएनौं । साढे ४ वर्षपछि यो मैदानको हरियाली देखेरख खुसी पनि लागेको छ । आशा गरौं की यो साग गेम्समा पनि हामीले राम्रो प्रदर्शन गर्न सक्छौं । नेपाली टिम दक्षिण एशियामा जहिले पनि टाइटल नजिक नै हुन्छ ।

अहिलेको टिम दक्षिण एशियाली खेलकुदका लागि एकदमै सक्षम छ । विमल, अन्जन र दिनेश भएको भए अझै राम्रो टिम हुने थियो । तर उनीहरु नभएपनि अहिले भएका हामी खेलाडीहरु स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्न सक्षम छौं । भारत नखेल्ने भए पनि अरु पाँच वटा टिम सवै वलिया नै छन् । तर बंगलादेश अलि माथि छ जस्तो लाग्छ ।

आज टिमका खेलाडीहरुले सागमा भारतलाई हराएर स्वर्ण पदक जित्न पाएको भए राम्रो हुने थियो भन्दैछन् । नेपाली दर्शकको साथ र आफ्नै हावा पानी भएकाले हामीलाई धेरै सहज हुन्छ । तर हामीलाई प्रेसर पनि उत्तिकै छ । सागमा फुटबललाई पनि उत्तिकै नियालिएको हुन्छ । त्यसैले हामीले नेपाली भूमीमा स्वर्ण पदक जित्नै पर्ने चुनौती छ ।’ हेरौं यो भिडियो पनि ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal