सागमा सहभागि विदेशी पदाधिकारी र खेलाडीको पनि दुर्घटना विमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०८-०९
  • |
  • 275 पटक हेरिएको

काठमाडौं, ९ मंसिर, १३ औं दक्षिण एसियाली खेलकुद सागका सवै वैदेशिक पदाधिकारी तथा खेलकर्मीको सामूहिक दुर्घटना विमा गरिएको छ ।

१५ गतेदेखि २४ गतेसम्म काठमाडौं, पोखरा र जनकपुरमा आयोजना हुने प्रतियोगिताका दौरान हुसक्ने सम्भावित दुर्घटनालाई मध्यनजगर गर्दै नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद् राखेपले आइएमई जनरल इन्सयोरेन्स लिमिटेडसँग सम्झौता गरेको हो ।

सम्झौता अनुसार विदेशी पदाधिकारी तथा खेलकर्मीहरुको पाँच लाखको दुुर्घटना विमा गरिएको हो । सम्झौता पत्रमा राखेपका सदस्यसचिव रमेशकुमार सिलवाल र आईएमई जनरल इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले हस्ताक्षर गरेका छन् । 

सागमा नेपालसहित भारत, पाकिस्तान, श्रीलंका, माल्दिभ्स, बंगलादेश र भुटानले सहभागीता जनाउँदैछन् । गत भदौ २६ गते मन्त्रिपरिषद्बाट पारित भएको साग सञ्चालन कार्यविधिले खेलाडी तथा खेल पदाधिकारीको दुर्घटना विमान गर्ने व्यस्था गरेको थियो । यसले खेलका दौरान हुने दुर्घटनाबाट कोही पनि भविष्यमा पिडीत हुन नपरोस भन्ने उद्देश्य रहेको राष्ट्रिय खेलकुद परिषद् राखेपले जनाएको छ ।

कार्यविधि अनुसार विदेशी खेलाडी, प्रशिक्षक, रेफ्री, निर्णायक, व्यवस्थापक, अफिसियलको हकमा नेपाल प्रवेश गरेको दिनदेखि संलग्न भएको खेल समाप्त भएको दिनको पछिल्लो एक दिनसम्मको दुर्घटना बिमा गरिने व्यवस्था गरिएको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey