साग फुटबल ३ फरक भूमीकामा स्वर्ण जितेका नायक के गरिरहेका छन ? (भिडियाे)

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०८-०९
  • |
  • 315 पटक हेरिएको

नेपाली फुटबलका एक सफल खेलाडी तथा प्रशिक्षक हुन्, राजुकाजी शाक्य । नेपाललाई तीनपटक दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जिताउन सफल राजुकाजी शाक्य अहिले गुमनाम जस्तै छन् । राजुकाशी शाक्य पहिलो संस्क्रण देखीलगातार सात दक्षिण एशीयाली खेलकुद साग खेल्ने सार्क राष्ट्रकै एक्ला खेलाडी हुन् । उनले खेलाडी र कप्तानका रुपमादुइ पटक स्वर्ण जित्दा एक पटक प्रशिक्षकका रुपमा नेपाललाइ सफलतादिलाए ।

डेढ वर्षअघिसम्म नेपाली फुटबलको हरेक गतिविधिमा भेट्न सकिने राजुकाजी अहिले कुनै इभेन्टमा पनि सहभागि हुँदैनन् । खेलाडीका रुपमा, कप्तानका रुपमा र प्रशिक्षकका रुपमा दक्षिण एसियाली खेलकुदको स्वर्ण पदक जितेका राजुकाजीलाई भेट्न हामी उनले खोलेको नेश्नल स्पोर्टस सेन्टरमा पुग्यौं । केही साझेदारहरुसँग मिलेर उनले संचालन गरेको स्पोर्टस सेन्टरमा ब्यस्त छन् ।

जिवनको यो समयसम्म फुटबलमा विताएका राजुकाजी शाक्य अब यो खेलबाट टाढा हुन सक्दैनन् । आधिकारिक निकायबाट कुनै जिम्मेवारी नपाएपनि आफूले सक्ने ठाउँबाट राजुले फुटबलमा योगदान दिइरहेका छन् । ललितपुरको च्याललमा उनको एकेडेमी छ । उनको दिनचर्या त्यहीँ नै बितिरहेको छ ।

त्यहाँ फुटबल सिकाउनुका साथै फुटसल, पौडी, जिम, साउना जस्ता सुविधा उपलब्ध छ । राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान राजुकाजी शाक्यको खेलकुद जिवन, उनले प्राप्त गरेका सफलता र पछिल्लो समय नेपाली फुटबलका सम्बन्धमा नेप्लेज टिभीले गरेको कुराकानी यहाँ प्रस्तुत छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey