साग मुखैमा आउँदा पनि नेपालकाे ‘सेफ दी मिसन’ काे हाे भन्ने एकिन भएन !

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०८-०९
  • |
  • 246 पटक हेरिएको

दक्षिण एसियाली खेलकुद साग आउन एक साता भन्दा कम समय बाँकी रहेका बेला नेपाली टिमको सेफ दी मिसन अर्थात टोलीको नेता को हो भन्ने नै एकिन भएको छैन ।

कुनैपनि अन्तराष्ट्रिय ठुला प्रतियोगिता साग, एसियाड, ओलम्पिकमा तीन देखि चार महिना अगाडी नै सेफ दी मिसनको टुंगो लागिसक्छ, तर नेपालमा नै हुने सागका लागि नेपालको सेफ दी मिसनको अझ एकिन हुन सकेको छैन ।

अन्तराष्ट्रिय मान्यता अनुसार जब खेलाडीको एक्रिडिटेसनका लागि दर्ता हुन्छ, त्यो बेला नै सेफ दि मिसनको टुंगो लागिसक्नु पर्ने थियो । तर अहिलेसम्म को हो भन्ने टुंगो छैन । यतिबेला नेपालको सेफ दी मिसनका लागि चतुरानन्द बैध र रिम रानाभाटको नाम अगाडी आएपनि त्यो फाइनल भएको छैन ।

केहि दिन अगाडी भएको सेफ दी मिसनको बैठकमा नेपालबाट सचिवालयका रुपमा सहभागि भएका थिए । सेफ दी मिसनको दावेदारका रुपमा रहेका रिम रानाभाटले पनि अहिलेसम्म एकिन हुन नसकेको स्विकारे । उनले चतुरनानन्द बैध र आफु अहिले सबै बैठकमा भाग लिइरहेको तर अझै यसको टुंगो नलागेको बताए ।

ओलम्पिक कमिटी र राष्ट्रिय खेलकुद परिषद्ले यसअघि बसेको सेफ दी मिसनको बैठकबाट यसको छिनोटफानो लगाउने बताइएपनि अहिलेसम्म नहुँदा को हो त नेपालको टोलि प्रमुख भन्ने अन्योल भएको छ ।

यसका साथै नेपाली टिमलाई कसले हेरिरहेको छ, कसरी प्रशिक्षण गरिरहेको छ, विदेशी टोली प्रमुख आउँदा कसले डिल गर्ने भन्ने भन्ने पनि अन्योल छ । अन्तिममा सेफ दी मिसनका लागि नै किचलो त हुने होइन भन्ने पनि प्रश्न उब्जिएको छ ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal