आफ्नै देशको पुर्वाधारमा अनजान जस्तै नेपाली खेलाडी

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०८-०८
  • |
  • 396 पटक हेरिएको

घरेलु मैदानमा कुनैपनि प्रतियोगिता हुँदा त्यसको प्रत्यक्ष लाभ त्यो देशका खेलाडीले पाउछन । भनिन्छ, हरेक खेलमा घरेलु मैदानको फाइदा हुने गर्छ । तर आसन्न दक्षिण एसियाली खेलकुद सागका लागि भने नेपाली खेलाडीका लागि यो भनाई त्यती सार्थन नहोला जस्तो देखिएको छ । कारण साग आउन करिव एक साता बाँकी हुँदापनि नेपाली खेलाडीले खेल हुने भेन्युमा अभ्यास गर्न पाएका छैनन् । जसका कारण नेपाली खेलाडीलाई आफ्नै मैदानपनि कता कता बिरानो जस्तो देखिएको छ ।

दक्षिण एसियाली खेलकुदको मुख्य आकर्षण दशरथ रंगशालामा एथ्लेटिक्स पुरुष फुटबल र प्रतियोगिताको उद्घाटन र समापन समारोह हुनेछ । तर भिआइपी तर्फको प्याराफिटको छानो हाल्ने र सिट राख्ने काम अझैपनि जारी छ । यसका साथै पदकका आशा गरिएको फुटबलको मैदान तयार भयो भनेपनि त्यसका परिक्षण अझै गरिएको छ ।

फुटबलका खेलाडी सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा रहेको एस्ट्रो टर्फमा तयारी गरिरहेका छन र खेलाडीको बानी पनि त्यसमा परिसकेको छ । हामीले बारम्बार एस्ट्रो टर्फमा गरेको तयारी र घाँसे मैदानमा खेलिने खेलमा धेरै फरक पाइरहेका छौ । अब प्रतियोगिता आउने मिती नजिकिदै गर्दापनि रंगशालाको निर्माणको काम नसकिएकाले अझैपनि खेलाडीले दशरथ रंगशालामा अभ्यास खेल त परैजाओस प्रशिक्षणका लागि खुट्टा राख्न पाएका छैनन् ।

यस्तै अवस्था छ एथ्लेटिक्सकोपनि, लगनखेलमा रहेको सैनिकको मैदानमा एथ्लेटिक्स खेलाडी अभ्यास गरिरहेका छन । यसअघि पनि नेपाली खेलाडीले पातलो ट्रयाकमा गरेको अभ्यासले अन्तराष्ट्रिय स्तरमा ठुलो फरक पार्ने गुनासो गरिसकेका छन । अब यसपटकको सागमा पनि नेपालले राम्रो नतिजा ननिकालेमा यहि उत्तर आउनु स्वभाविक रहेको छ । आर्मीको मैदानमा रहेको ट्रयाक पातलोमात्र छैन, सामान्य प्रशिक्षणका लागि ठिक छ, तर रंगशालाको ट्रयाकको काम सम्पन्न भइसकेपनि छानोको कामले खेलाडीले प्रवेश पाएका छैनन् ।

महिला फुटबल प्रतियोगिता पोखरा रंगशालामा हुने भनिएको छ । तर त्यो मैदानमा पनि अझै काम जारी रहेको छ । मैदानको प्याराफिट बनाउने काम मात्र होइन मैदानमा दुबो बल्ल रोपिएको छ । महिला टिम पोखरामा नै अभ्यास गरिरहेको भएपनि टिमले प्रतियोगिता हुने मैदानमा खुट्टा राख्न पाएका छैनन् । यतिमात्र होइन, यो मैदान महिला फुटबल हुने मितीसम्म तयार हुन्छ की हुन्न भन्नेपनि एकिन छैन ।

यता सातदोबाटोको राष्ट्रिय खेलकुद परिषदको परिसरमा रहेको कराँते हल भित्र मेन्टेनेन्स चलिरहेकाले खेलाडीले एक होटलमा तयारी गरिरहेका छन् ।

रंगशालाको कबर्ड हल पनि अहिले तयार भइसकेको छैन । जसका कारण पुरुष र महिला भलिबलले सागको तयारीका लागि सुन्धारामा रहेको आर्मी हलमा तयारी गरिहेका छन् । हिटीङ सिस्टम नहुँदा पौडी पनि एक होटलमा तालिम लिन बाध्य छ । यता बक्सिङको पनि उस्तै बिडम्बना छ । सागमा कराँते पछि एकै हलमा बक्सिङ गराइने तालिका छ । जसका कारण खेलाडीले एक ठाँउमा प्रशिक्षण गर्न पाएका छैनन् । उनीहरु प्रशिक्षण किट्स बोकेर कहिले लगनखेलमा रहेको आर्मी क्लब त कहिले परिषदको भित्र रहेको रिंगमा देखिन्छन ।

यतिमात्र होइन, माथि उल्लेखित खेलबाहेकका अरु खेलको विडम्बना पनि उस्तैछ, फेन्सिङको खेल हुने भेन्युमा पुगेका छैनन् भने ब्याटमिन्टनको टिम पनि बाहिर बाहिर नै प्रशिक्षण गरिरहेको छ ।

मुखले भन्नलाई ऐतिहासिक स्वर्णपदक यसपटक नेपालले जित्छ भनेर ठोकुवा गरेपनि हविकतमा खेलाडीको प्रशिक्षणका भित्रि कुरा खेलकुद पदाधिकारीले बुझ्न नचाहेका कुन वा नसकेका हुन त्यो गौण नै छ । तर एउटा कुरा के निश्चित छ भने, जुन किसिमले खेलाडीले प्रशिक्षण गरिरहेका छन, त्यो हेर्दा त्यति उत्साहित हुने पक्ष देखिदैन ।

त्यसमा पनि हाल साग हुने पुर्वाधारहरु ७५ प्रतिशत नयाँ छन, यदि सो भेन्युहरुमा खेलाडीले अभ्यस्त नभए त्यसको असर नतिजामा अवश्य पर्नेछ । त्यो पर्ने प्रबल संभावना पनि रहेको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey