Mega Bank

साग : ३१७ स्वर्ण पदकका लागि सात देश प्रतिस्पर्धामा, करातेमा भारतले पनि सहभागिता खाेज्याे

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७६-०८-०७
  • |
  • 81 पटक हेरिएको

नेप्लेज, ७ मंसिर । मंसिर १५ गतेदेखि काठमाडौंमा आयोजना हुन लागेको १३ औं दक्षिण एसियाली खेलकुद सागका लागि प्राविधिक समितिले तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।

प्राविधिक समितिले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा संयोजक गंगाबहादुर थापाले २६ खेलका २८ इभेन्टका लागि प्रतियोगितास्थल तोक्नेदेखि प्राविधिकहरुको संख्यासम्म निर्धारण गर्ने काम सम्पन्न भएको जानकारी दिए । संयोजक थापाले प्याराग्लाईडिङ औपचारिक रुपमै आयोजना गर्न नसकिएको जानकार दिए ।

यसैगरी महिला फुटबल पोखरा रंगशालामा नै आयोजना गर्ने गरि तयारी भइरहेको पनि बताए । साग आयोजनाका लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय गरि २ हजार ३५ जना अफिसिलको आवश्यकता पर्ने पनि पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा जनाइएको छ । जसमा अन्तर्राष्ट्रिय रेफ्री तथा जज र जुरी गरि ६ सय १३ जना नेपाल आउने छन् भने राष्ट्रियस्तरका रेफ्री तथा जज र जुरीको संख्या ७ सय ३२ जना रहेको छ । यस्तै प्रावधिक सहायकको रुप्मा ६ सय ९० जनशक्ति परिचालन हुने छन् ।

१५ देखि २४ मंसिरसम्म आयोजना हुने सागमा ३१७ स्वर्ण र त्यतिकै संख्यामा रजत पदकका लागि प्रतिस्पर्धा हुने छ । यसैगरी कास्य पदकको संख्या भने ४८१ रहेको छ ।

सागमा स्विमिङमा सर्वाधिक ३८ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुँदा सवैभन्दा कम २ वटा स्वर्णपदकका लागि हुने छ । यसैगरी एथ्लेटिक्समा ३६ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुँदा उसुमा २२ स्वर्णका लागि प्रतिस्पर्धा हुने छ । तेक्वान्दोमा २९ भारतोलन, कुस्ती र सुटिङमा २०–२० स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुने छ । करातेमा १९ तथा बक्सिङमा १६ स्वर्ण पदकका लागि भिडन्त हुने छ ।

यसैगरी जुडोमा १५ ,फेन्सिङमा १२ र आर्चरीमा १० स्वर्ण पदकका लागि खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । साईक्लिङमा ८ तथा ब्याडमिन्टन, टेवल टेनिस र टेनिसमा ७–७ स्वर्ण पदकको भिडन्त हुने छ ।

ट्रायथलनमा ५ वटा स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुँदा स्क्वास र गल्फमा ४ वटाका लागि भिडन्त हुने छ । यस्तै बास्केटबल, थ्री बाई थ्री बास्केटबल, क्रिकेट, फुटबल,ह्याण्डबल, कवड्डी, खो खो, भलिबल र बिच भलिबलमा २–२ वटा स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुने छ ।

यसैबीच, भारतले पनि करातेमा भाग लिने आशय व्यक्त गरेकाे छ । टिम दर्ता गर्दा भारतकाे कराते विवादमा रहेकाे र विहीबार मात्रै भारतकाे सर्वाेच्च अदालतले करातकाे विवाद समाधानका लागि फैसला गरेकाले सागमा करातेमा सहभागिता जनाउन खाेजेकाे पत्रकार सम्मेलनमा जानकारी गराइयाे ।

 

भर्खरै

Advertisement