Prabhu Bank

बीसीडीए कप क्रिकेटको खेलतालिका सार्वजनिक

Kelme Nepal
Mega Bank
  • नेप्लेज
  • |
  • २०७४-१२-२३
  • |
  • 2 पटक हेरिएको

चैत २३, बैतडी । चैत २५ गतेदेखि बैतडीमा सञ्चालन हुन लागेको बीडीसीए कप टी–२० क्रिकेट प्रतियोगिताको खेलतालिका शुक्रबार सार्वजनिक गरिएको छ । प्रतियोगिताको यो १८औं संस्करण हो ।

बैतडी जिल्ला क्रिकेट संघको आयोजनामा हुने प्रतियोगिता बुड्डाबाजे क्रिकेट मैदान रातामाटा र निङ्लाशैनी क्रिकेट मैदान देहिमाडौंमा सञ्चालन हुनेछ । १६ टोली सहभागी रहेको प्रतियोगिता ४ समूहमा विभाजन गरिएको बैतडी जिल्ला क्रिकेट संघका कोषाध्यक्ष खेमराज भट्टले जानकारी दिए ।

समूह ‘ए’मा योङस्टार क्रिकेट क्लव, पाटन स्टार क्रिकेट क्लव, असिम केदार क्रिकेट क्लव र महामाया क्रिकेट क्लव रहेका छन् ।

समूह ‘बी’मा निंगलाशैनी क्रिकेट क्लव,ग्वाल्लेक क्रिकेट क्लव, खोड्पे क्रिकेट क्लव र केदारशक्ति क्रिकेट क्लव छन् ।

जेएवाईसी, दशरथचन्द प्रतिष्ठान, केदार नागार्जुन क्रिकेट क्लव र कालाशैनी क्रिकेट क्लव समूह ‘सी‘मा छन् भने समूह ‘डी’मा पञ्चकोटी क्रिकेट क्लव, त्रिपुरा क्रिकेट क्लव, त्रिलोचन क्रिकेट क्लव र कैलपाल क्रिकेट क्लव छन् ।

प्रतियोगिता चैत २५ देखि बैशाख ३ गतेसम्म आयोजना हुनेछ ।

प्रतियोगिताको उपाधि विजेताले ३० हजार र उपविजेताले २० हजार पुरस्कार पाउनेछन् । सर्बोत्कृष्ट खेलाडीले ५ हजार पुरस्कार पाउनेछन् ।

भर्खरै

Advertisement