सागकाे आडमा चिया देखि खानामा समेत ब्रम्हलुट !

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०८-०७
  • |
  • 304 पटक हेरिएको

आसन्न दक्षिण एसियाली खेलकुद सागको मिती जति नजिकीदै छ, त्यती नै कामको हतारो बढ्दैछ । यतिबेला खेलकुद परिषद् ओलम्पिक कमिटी लगायतका पदाधिकारीहरु हानाथाप गरेर सागमा लागेका छन् ।

अन्तिम समयमा युवा तथा खेलकुद मन्त्रीपनि पुर्वाधारको लगातार निरिक्षणमा छन् । सागका लागि जुन किसिमले अन्तिम समयमा काम भइहरेको छ, त्यसरी नै राष्ट्रिय खेलकुद परिषद्मा ब्रम्हलुट जस्तै पनि बनेको छ । परिषद्मा काम गर्ने तल्लो तह देखि विभागिए प्रमुखहरु यतिबेला कामसँगै आर्थिक पक्षमा पनि आँखा लगाउन थालेका छन ।

परिषदको प्रागणमा पुग्दा सागको चटारो साच्चिकै आएको रहेछ भन्ने आभाष भयो । तर परिषद कै एक पदाधिकारीले साग त लागेको छ, तर त्यो सँगै मिलाएर खाइपनि रहेका छन् भने, त्यसपछि थप कुरा बुझ्न खोज्दा उनले खुलेर नबोले पनि पिउन देखि अरु कामगर्नेले चिया देखि खानाको बिलमा पनि आर्थिक घोटाला गरिरहेको बताए ।

यतिबेला सागका लागि राष्ट्रिय खेलकुद परिषदमा विहान सात बजेबाट नै काम सुरु हुन्छ, जुन रातीसम्म चल्छ, १०–५ को डिउटी गरेर जागिर खाइरहेका कर्मचारीलाई अतिरीक्त समयमा काम गर्न खटाए पछि टाउको दुखाई बनेको छ । स्रोतका अनुसार परिषदमा पदाधिकारी र पाहुनालाई खुआउन कफि बनाउने मेसीन राखिएको छ, तर त्यो मेसीनमा कफि निकै कम मात्र बन्छ, बाहिरबाट मगाएर त्यसको बिल पेस गर्ने गरिएको छ ।

यतिमात्र होइन, केहि कर्मचारीहरु घरबाट नै खाना खाएर साढे नौ बजेतिर परिषद् पुग्छन, तर लञ्च टाइममा नजिकैको रेष्टुरेन्टबाट खानाको बिल दैनिक रुपमा बुझाउने गरेका छन् । कहिले चिकेत त केहिले मटन खानाको बिल उनीहरुले बुझाउँदै आएका छन् । एक जनाले तीन देखि ५ सयसम्मको बिल बुझाउने गरेका छन् ।

तर त्यसको लेखाजोखा कसले गर्ने त्यो अत्तोपत्तो छैन । यसविषयमा परिषद्का शाखा प्रमुखहरु जानकार भएपनि तै चुप मै चुप भन्ने किसिमले बसेका छन् । यतिमात्र होइन, कसरी बिल बनाएर बढि पैशा गोजीमा हाल्ने भन्ने ध्यानमा रहेका छन्। दक्षिण एसियाली खेलकुदका लागि कुल पाँच अर्वको बजेट छुट्याइएको छ ।

यतिमात्र होइन, सदस्यसचिव सिलवाल परिषद्मा छन भने सबै कर्मचारी आफ्नो ठाँउमा काम गरिरहेका हुन्छन्  । यतिबेला सिलवाल हरेक दिन जस्तो रातीको समयमा पनि परिषद्मा कामको चापलाई छड्के हान्न थालेका छन ।

यतिमात्र होइन, हरेक दिन जसो परिषद् पुगेपछि सबै विभागिए प्रमुखहरुलाई बोलाएर कार्यप्रगति लिने गरेर पनि उनीहरुमा कामको चाप थपिएको छ । परिषद्मा नयाँ नेतृत्व आएपनि त्यहाँका कर्मचारीहरु आँखामा धुलो हालेर काम छल्ने चलन भने अझै पनि कम भएको छैन ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey