अन्तरविद्यालय फुटबल मंसिर अन्तिम साता

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०८-०६
  • |
  • 197 पटक हेरिएको

काठमाडौं । प्रथम वेस्ट काठमाडौं अन्तर विद्यालय फुटबल प्रतियोगिता मंसिर अन्तिम साता हुने भएको छ । वेस्ट काठमाडौं फुटबल क्लबको आयोजनामा हुन लागेको प्रतियोगितामा उपत्यकाका १६ विद्यालयलाई सहभागी गराइने क्लबका अध्यक्ष सुन्दर थापाले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । उनले खस्किँदै गएको फुटबलको स्तर बढाउन र ग्रासरुटबाटै दक्ष खेलाडी उत्पादन गर्न प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिए ।

नयाँ नैकापस्थित फुटबल मैदानमा हुने प्रतियोगिताका खेलहरु नकआउटका आधारमा सञ्चालन हुनेछ । प्रतियोगिताका विजेताले ५० हजार, उपविजेताले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् । यस्तै तेस्रो हुने टोलीले १५ हजार र प्लेयर प्ले टोलीले १० हजार रुपैयाँ पाउने छन् ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीमध्येबाट केही खेलाडी छनोट गरी नियमित प्रशिक्षण गराउने अध्यक्ष थापाले जानकारी दिए । वेस्ट काठमाडौं फुटबल क्लबले स्पेनको चर्चित क्लब एट्लेटिको म्याड्रिडसँगको सहकार्यमा हाल ८० जनालाई नियमित प्रशिक्षण गराउँदै आएको छ । उनले आगामी वर्षदेखि एकेडेमी सञ्चालन गरी पशिक्षण गराउने जानकारी दिए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey