काठमाडौ डीपीएलको प्लेअफमा, ज्ञानेन्द्रको कप्तानी पारी

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१२-२३
  • |
  • 165 पटक हेरिएको

काठमाडौ गोल्डेन्स धनगढी प्रिमियर लिगको प्लेअफमा प्रवेश गरेको छ । प्रतियोगितामा आफ्नो अपराजित यात्रालाई कायम राख्ने क्रममा काठमाडौले आज विराटनगर किङसलाई ५ विकेटले हरायो ।

धनगढी स्थित संघिय इकाई प्रहरीको मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ८ विकेट गुमाउदै एक सय ६४ रन बनायो ।

मध्यम सुरुवात गरेको विराटनगरको ३८ रन हुँदा अनिल शाह मात्र १० रनमा आउट भएपछि पहिलो विकेट गुमायो ।

त्यसपछि ७० रन बनाउदा उसले लगातार दुई विकेट खेर फाल्यो । ओपनर दिलि नाथ ३३ रनमा पेभेलियन फर्किए भने शुभंम कामतले खाता खोल्न सकेनन ।

लगत्तै पवन सराफ पनि मात्र दुई रनमा आउट हुँदा विराटनगरले ७६ रनमा चौथो विकेट गुमायो ।

विराटनगरका लागि फेरी एकपटक हङकङका खेलाडी बाबर हायातले उत्कृष्ट प्रदर्शन गरे ।

जारी प्रतियोगितामा दोस्रो अर्धसतक प्रहार गरेका हायातले ६७ रनको योगदान गरे ।

एक सय २० रन बनाउदा ५ विकेट गुमाएको विराटनगरले अरु २४ रन थप्दा सात विकेट खेर फाल्यो ।

उसका लागि बसन्त रेग्मीले १० र पृथु बास्कोटाले ११ तथा कप्तान पारस खड्काले ८ रनको योगदान गरे ।

बलिङ तर्फ ललीत राजवंशीले तीन तथा रासिद खानले दुई विकेट लिए ।

जवाफमा काठमाडौले १९ ओभर पाच बलमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गर्यो ।

सात रन हुदा पहिलो विकेट गुमाएको काठमाडौले ६४ रन बनाउदा तीन विकेट खेर फालेको थियो ।

उसका ओपनर अमित श्रेष्ठ मात्र पाँच रनमा आउट भए भने सुबोध भाटी १० रनमा पेभेलियन फर्किए ।

त्यसपछि भुपेन्द्र थापा ब्यक्तिगत ३६ रनमा आउट हुन पुगे । काठमाडौको पारीलाई कप्तान ज्ञानेन्द्र मल्ल र पुष्प थापाले सम्हालेका थिए । उनले पाचौ विकेटका लागि ४७ रनको साझेदारी गरे । पुष्पले २४ रनको योगदान गरे ।

सन्नी पटेलले विस्फोटक २५ रन बनाउदा काठमाडौले रोमाञ्चक जित हात पार्यो । उनले १० बलमा अविजीत २५ रन बनाए भने कप्तान ज्ञानेन्द्र मल्लले अविजीत ६८ रन बनाए ।

अन्तिममा उनले छक्का प्रहार गरेर टिमलाई प्लेअफमा पुर्याए । जारी प्रतियोगितामा ज्ञानेन्द्रको यो दोस्रो अर्धसतक हो । उनले अत्तरीया विरुद्ध ५७ रन बनायो । यता पराजित टिम विराटनगरले अब प्लेअफमा स्थान बनाउन अन्तिम खेल जित्नैपर्ने भएको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey