नबन्ने हाे की भन्ने त्रास बढ्दै ‘हिटिङ’ पाैडी पाेखरी (भिडियाे रिपाेर्ट)

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०८-०६
  • |
  • 216 पटक हेरिएको

१३औँ दक्षिण एसियाली खेलकुद सागकाे पाैडीका प्रतियाेगिताकाे मुख्य अायाेजना स्थल ‘हिटिङ सिस्टमकाे स्वीमिङ पुल’ काे काम सक्न यतिबेला कामदार मात्र हाेइन पाैडीका पदाधिकारीलाइ पनि चटाराे छ । साग सुरु हुन ९ दिन बाँकी हुँदा स्वीमिङ पुलमा अझै ३० प्रतिशत काम बाँकी नै रहेकाे छ ।

निर्माण धमाधम भए पनि धेरै काम सम्पन्न गर्न बाँकी नै छ। पाेखरीकाे काम चाँडाे सक्नका लागि यतिबेला पाैडी संघका पदाधिकारी र ठेकेदारकाे दैनिकी त्यहि बित्छ । यसअघि पाेखरीकाे साइज ठिक छ भनेर भुइ र साइडमा टाएल लगाइसकेकाे अवस्थामा नाप्दा चाहिने साइज भन्दा केहि सानाे भएपछि फेरी लगाइएका टाइलहरू हटाउने काम गरियाे । जसले गर्दा अरू २ दिन त्यसैले खायाे ।

संघका पदाधिकारी पाैडी पाेखरीकाे बेसकाे काम सकिएपछि अरू काममा समय नलाग्ने बताउछन । पाेखरीकाे बेस र साइडमा टायल हाल्न नै समय लाग्ने धारणा राख्छन । यसका साथै बेसमात्र हाेइन, त्याेसँग पाेखरीकाे वरीपरीकाे भागमा पनिसँगै काम गर्नुपर्ने अवस्थामा त्याे अझै कहिलेबाट हुने हाे त्याे टुंगाे छैन ।

हिटिङ स्वीमिङ पुलको दुबैतर्फको भवनको फिनिसिङको काम पनि चलिरहेको छ। सिढीँमा राखिएका मार्बल घोट्ने कामसमेत सकिएको छैन। संघकाे अध्यक्ष अशाेकरत्न बज्राचार्यका अनुसार पाैडी पाेखरीकाे बेसकाे काम सकिएपछि छेउमा रहेकाे पाेखरीकाे पानी तानेर हाल्ने र  बाँकी काम हुदै गर्ने बताउछन ।

मंसिर १५ देखि २४ गतेसम्म १३औं साग खेलकुद हुने भए पनि स्वीमिङ खेल भने मंसिर १९ देखि सुरु हुनेछ। तर साे मितीमा पनि काम सकिएन भने के हुन्छ भन्ने जवाफ कसैसँग छैन ।

सुरूवातमा २८ कराेड रूपैयाँ लागत हुने भनिएपनि पछि डीपीअारबाट हाल काम गरिरहेकाे कम्पनीले करिव २१ करोड रुपैयाँकाे लागतमा काम गरिरहेकाे छ । संघ र राष्ट्रिय खेलकुद परिषदको सम्झौतामा निर्माण भइरहेको स्वीमिङ पुलको २० प्रतिशत लागत पौडी संघले र ८० प्रतिशत सरकारको लगानी रहेकाे छ । 

याे हिटिङ पुल २५ बाई २५ मिटरको हाे । पुलमा पानीको तापक्रम २५ देखि २७ डिग्री हुनुपर्छ। हिटिङ स्वीमिङ पुल निर्माणको समय कात्तिक १५ भित्र सक्ने अन्तिम मिति यसअघि ताेकिएकाे थियाे । तर कार्तिक १५ गतेकाे मिती सकिएकाे एक महिना बित्दापनि अझै यसकाे सम्पन्नताका बारेमा ढुक्क हुने अवस्था छैन । १८ महिनामा सक्नेगरि सम्झाैता भएकाेमा तीन बर्षसम्म काम सम्पन्न नहुनुमा काे हाे त दाेशी ?

हेराै भिडियाे रिपाेर्ट

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey