Mega Bank

सागकाे टर्च र्‍याली सुरू, यस्ताे छ सेड्युल

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७६-०८-०६
  • |
  • 67 पटक हेरिएको

१३ औं दक्षिण एशीयाली खेलकुद सागको ओलम्पिक टर्च र्‍याली आज स्वयंम्भुबाट सुरू भएकाे छ ।

विहान राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवालले टर्च प्रज्वलनगरी पूर्व ओलम्पियनको समुहलाई हस्तान्तरण गरेका हुन् ।यालीमा सहभागि ओलम्पियनको समुहले स्वम्भुको तीन चोटी परिकर्मा गरि आजै प्रदेश नम्बर एकको राजधानी बिराटनगर प्रस्थान गरेको छ ।

उक्त याली काठमान्डौबाट विराटनगर, जनकपुर, हेटौडा, चितवन, लम्बिनी, बुटवल, सुर्खेत, नेपालगंज, धनगढी, पोखरा हुदै मंसिर १५ गते पुनः काठमान्डौ आइपुग्नेछ । टर्च यालीको जिम्मेवारी राष्ट्रिय खेलकुद परिषदले राष्ट्रिय तथा अनतर्राष्ट्रिय खेलाडी संघलाइ दिएको छ । टर्च यालीमा कंरातेका दिपक श्रेष्ठ सहित १३ खेलाडीको सहभागि रहेको छ ।

जसमा ओलम्पिनयनहरु बैकुन्ठ मानन्धर, दिपक बिस्ट, कान्छीमाया कोजु, राजेन्द्र भन्डारी, नयना शाक्य, उमेश मास्के, देबु थापा, जीत बहादुर केसी, ज्ञान बहादुर बोहरा, टिकाराम श्रेष्ठ, राजकुमारी पान्डे, मुकुन्दही श्रेष्ठ छन् ।

सागको महत्व बारे देशे भरी पुर्याउने उदेश्यले टर्च र्यालीलाइ सातै प्रदेश पुर्याइन लागिएको हो । स्वयंभुमा आज सागमा समावेश बिभिन्न खेलका खेलाडीहरुको बाक्लो उपस्थिती रहेको थियो ।

भर्खरै

Advertisement