सागमा करीव साढे चार हजारकाे सहभागिता, नेपालपछि धेरै सहभागिता श्रीलंकाबाट हुने

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०८-०५
  • |
  • 270 पटक हेरिएको

आसन्न दक्षिण एशियाली खेलकुद सागमा करीव चार हजार पाँच सयको सहभागिता हुनेछ । यो तथ्यांक खेलाडी र अफिसियल गरेर रहेको छ । जसमा सबै भन्दा धेरै नेपालबाट ११३५ जनाको सहभागिता रहनेछ ।

सागका लागि खेलाडी र अफिसियलको दर्ताको समय समाप्त भइसकेपनि अझैपनि केहि देशले आफ्नो दर्ताको काम जारी राखेका छन । विशेष आग्रहमा उनीहरुको दर्ता नेपाल ओलम्पिक कमिटीले लिइरहेको छ । बुधबार रातीसम्मको समयावधी रहेकोमा सो समयसम्म सहभागि देशले आफ्नो दर्तामा हेरफेर गरेका छन ।

जसमा नेपालले २६ सबै खेलमा भाग लिनेछ । प्याराग्लाइडिङ खेल नहुनेभएपछि २६ खेलमा मात्र प्रतिस्पर्धा गर्ने भएको हो । यस्तै भारतले यसअघि १७ खेलमा भाग लिने बताएपनि त्यो संख्या २१ पुर्याएको छ । यस्तै पाकिस्तानले पनि २१ खेलमा भाग लिने भएको छ भने माल्दिभ्सले ११ खेलमा सहभागिता जनाउने भएको छ । उसले उसू, रेस्लिङ, ट्रायथलन, भारत्तोलन, तेक्वान्दो, स्क्वास, खोखो, कराते, जुडो, कबड्डी, गल्फ, बक्सिङ, फेन्सिङ, साइक्लिङ र आर्चरीमा सहभागिता नजनाउने भएको छ ।

यस्तै भुटानले १४, श्रीलंकाले २६, बंगलादेश २५ खेलमा सहभागिता जनाउने भएको छ । बंगलादेशले प्याराग्लाइडिङ, ट्रायथलनमा नखेल्ने भएको हो । भुटानले साक्लिङ, फेन्सिङ, ह्याण्डबल, कबड्डी, खोखो, स्क्वास, पौडी, टेबलटेनिस, ट्रायथलन, उसु र प्याराग्लाइडिङमा नखेल्ने भएको छ ।
यस्तै भारतले क्रिकेट, गल्फ, करातो, तेक्वान्दो, प्याराग्लाइडिङमा नखेल्ने भएको छ ।

पाकिस्तानले क्रिकेट, साइक्लिङ, फुटबल, जुडो, खोखो, ट्रायथलनमा भाग नलिने भएको छ ।

नेपाल बाहेक यसपटकको सागमा श्रीलंकाको टिम ठुलो हुने भएको छ । श्रीलंकाबाट नौ सय ६ जनाको टिम आउने भएको छ । यस्तै बंगलादेशबाट खेलाडी र अफिसियल गरेर ८८७ जनाको टिम आउने भएको छ भने भारतबाट ६७७, माल्दिभ्सबाट ४२३, भुटानबाट १४२ र पाकिस्ताबाट ३९० जनाको टिम नेपाल आउने भएको छ । तर विशेष आग्रहमा अझैपनि केहि खेलाडीको दर्ता भइरहेकाले यो संख्या केहि बढ्नसक्नेछ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey