सागका लागि भोलिदेखि टर्च र्‍याली शुरुहुने, सवै प्रदेशमा पुर्‍याएर रंगशाला ल्याउने

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०८-०५
  • |
  • 479 पटक हेरिएको

मंसिर १५ गतेदेखि आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताका लागि शुक्रबारदेखि टर्च र्‍याली शुरुहुँदै छ । काठमाडौंबाट देशका विभिन्न भागमा ओलम्पिक टर्च पुर्‍याउने र मंसिर १५ गते उद्घाटनस्थल दशरथ रंगशाला ल्याइपुर्‍याइने छ ।

टर्च र्‍याली शुक्रबार राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्यसचिव रमेशकुमार सिलवालले उद्घाटन गर्ने छन् । पहिलो दिन काठमाडौंबाट विराटनगर टर्च र्‍याली पुर्‍याइने छ । दोस्रो दिन विराटनगरबाट धनुषा पुर्‍याइने छ ।

तेस्रो दिन हेटौडाहुँदा चितवन पुग्ने छ । यस्तै चौथो दिन लुम्बिनीहुँदै बुटवल पुग्ने जनाइएको छ । पाँचौं दिन सुर्खेत पुर्‍याएर नेपालगञ्ज आउने तयारी गरिएको छ ।

छैटौं दिन धनगढी पुग्ने र सातौं दिन धनगढीबाट सागको अर्को आयोजनास्थलको रुपमा पोखरा ल्याइने छ । आठौं दिन पोखराबाट काठमाडौं ल्याइने छ र प्रतियोगिताको उद्घाटनका दिन मंसिर १५ गते अपरान्ह ५ बजे रंगशाला प्रवेश गर्ने छ ।

ओलम्पिक टर्च र्‍यालीको जिम्मेवारी भने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले लिएको अध्यक्ष दीपक श्रेष्ठले जानकारी दिए ।
टर्च र्‍यालीमा १३ जना सहभागी हुने छन् ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal