पुरुष भलिबलः भारतलाई पाकिस्तानको डर

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०८-०५
  • |
  • 169 पटक हेरिएको

आशन्न दक्षिण एसियाली खेलकुद अन्तर्गत पुरुष भलिबल तर्फको स्वर्ण पदक धारी भारत यो संस्करणमा पनि बलियो दाबेदार हो । काठमाडौंमा आउँदो बुधबारदेखि नै भलिबलका खेलहरु संचालन हुँदैछन् ।

भारत, नेपाल र बंगलादेश एउटा समूहमा छन् भने पाकिस्तान श्रीलंका, माल्दिभ्स अर्को समूहमा छन् । दक्षिण एसियाली खेलकुद अन्तर्गत भलिबलमा भारतले आफ्नो वर्चश्व कायम गर्दै आएको छ । तर, यो संस्करणमा पाकिस्तान बलियो देखिएको छ ।

जाकार्तामा भएको एसियाली खेलकुदमा भारत पाकिस्तानसँग ३–१ को सेटमा पराजित भएको थियो । पहिलो सेटमा भारतले २५–२१ को जित निकालेपनि पछिल्ला तीन सेटमा पाकिस्तानले कमब्याक गरेको थियो । यस्तै तेहरानमा भएको एसियाली च्याम्पियनसिपमा पनि भारत पाकिस्तानसँग ३–२ को सेटमा पराजित भएको थियो ।

प्रशिक्षक ड्रागन मिहाइलोभिचले भारतीय टिमको स्तरोन्नतीमा योगदान दिँदै आएका छन् । उनले आफ्नो पाँच महिने कार्यकालमा नै भारतलाई ओलम्पिक छनोटमा पु¥याएका थिए ।

तर पनि टिममा यू–२३ एसियाली च्याम्पियनसिपमा कास्य पदक जितेका खेलाडी छन् । प्रशिक्षकले यो पटक टिममा क्षमतावान युवा खेलाडीलाई बढी मौका दिनेछन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey