युवा खेलाडी सन्दिपलाई टिममा मौका दिनेछौ-पोन्टिङ

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१२-२२
  • |
  • 220 पटक हेरिएको

आईपिएल टिम दिल्ली डेयरडेभिल्सका प्रशिक्षक रिकी पोन्टिङले शनिबारबाट सुरु हुँने आईपिएलमा सन्दिपले खेल्ने संभावना धेरै रहेको बताएका छन ।

दिल्लीमा विहिबार भएको पत्रकार सम्मेलनमा पोन्टिङले सन्दिपका बारेमा खुलेर प्रसंशा गर्दै उदाउदा खेलाडी भएको र अभ्यासमा पनि राम्रो गरिहरेको बताए ।

साथै उनले युवा जोश र प्रतिभा भएका खेलाडी भएकाले उनि अभ्यासमा पनि कहिले नथाक्ने, दिनभर बलिङ गर भनेपनि गर्छुभन्ने जोश देखाएको बताए । सन्दिप अनुभवी स्पिनर अमित मिश्राको अनुपस्थितीमा टिममा स्थान बनाउन सक्ने पोन्टिङले बताए ।

उनले दिनप्रतिदिन आफनो बलिङलाई निखार्दै लगेको बताए । राम्रो करियर भएका खेलाडी सन्दिप राम्रो फिनिसरका रुपमा अगाडी बढिरहेको र चाहिएको बेला उचित बलिङ गर्ने खेलाडीमा रुपमा देखिएको बताए ।

साथै उनले टिममा उनले राम्रो बाताबरण बनाएको र खुल्ला मिसाज भएका खेलाडीका रुपमा रहेकाले आईपिएलमा टिममा पर्ने सम्भावना निकै रहेको बताए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey