नयाँ खेलकुदमन्त्रीमा विना मगरको चर्चा!

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०८-०३
  • |
  • 367 पटक हेरिएको

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मन्त्रीमण्डल पुनर्गठन गर्ने तयारी गरेका छन् । यस्तोमा केही मन्त्रीहरु हटाउने र केहीको जिम्मेवारी हेरफेर गर्ने तयारी गरिएको छ ।

मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री ओलीले अहिलेसम्म सहयोग गरेकोमा धन्यवाद दिएका थिए । उनले कोही पर्नुहोला केही हट्नु होला यसलाई अन्यथा नलिनुहोला भन्दै आग्रह गरेको एक मन्त्रीले बताएका छन् ।

मन्त्रीमण्डल पुर्नगठन गर्दा खेलकुद मन्त्रालयको पनि नेतृत्व परिवर्तन हुने सम्भावना रहेको श्रोतले जनाएको छ । वर्तमान मन्त्री जगतबहादुर विश्वकर्मालाई हटाएर खानेपानी मन्त्री विना मगरलाई ल्याउने तयारी गरिएको छ । मन्त्री मगर सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी बुहारी हुन् ।

उनलाई नहटाउने वरु जिम्मेवारी हेरफेर गर्ने विषयमा प्रधानमन्त्री ओली र अर्का अध्यक्ष प्रचण्डबीच सहमति भएको जनाइएको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey