लगातार चौथो हार ब्यहोर्दै रुपन्देही डीपीएलबाट बाहिरियाे

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१२-२२
  • |
  • 224 पटक हेरिएको

चैत्र २२, धनगढी । रुपन्देही च्यालेञ्जर्स धनगढी प्रिमियर लिगबाट बाहिरिएको छ । आज भएको खेलमा महेन्द्रनगरसँग चार विकेटले पराजित भएपछि रुपन्देहीको यात्रा लिग चरणमा नै सकिएको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको रुपन्देहीले २० ओभरमा ८ विकेट गुमाउदै एक सय ४४ रन बनाएको थियो ।

११ रन हुदा पहिलो विकेट गुमाएको टिमका पारीलाई प्रदिप ऐरी र कुशल मल्लले सम्हाल्ने प्रयास गरेका थिए ।

उनले दोस्रो विकेटका लागि ५१ रनको साझेदारी गरेका थिए । तर कुशल १५ रनमा आउट भए । त्यसपछि प्रदिप ऐरी पनि ३९ रनमा आउट भएपछि रुपन्देहीले ६३ रनमा तीन विकेट गुमायो ।

उसका लागि दिपक प्रशाद १७ रन बनाए भने आजको खेलमा मिडिल अडरमा आएका सागर पुनले २८ रनको योगदान गरे । तर त्यसपछिका खेलाडीले दोहोरो अंक छुन नसक्दा रुपन्देहीले मध्यम स्कोर खडा गर्यो । बलिङ तर्फ महेन्द्रनगरका लागि पुनित विष्टले ४ विकेट लिए ।

जवाफमा कप्तान विनोद भण्डारीको उत्कृष्ट ब्याटिङका कारण महेन्द्रनगरले १८ ओभर ५ बलमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गर्यो ।

विनोदले ६१ रन बनाए । १७ रनमा दुई विकेट गुमाएको महेन्द्रनगरका लागि विनोद र पुनित विष्टले तेस्रो विकेटका लागि ५८ रनको साझेदारी गर्न सफल भए ।

विष्टले ४५ रन बनाए भने विनोदले ६१ रनको योगदान गरे । यस्तै पुनित महेराले १६ रन थपे । जितपछि महेन्द्रनगरले तीन खेलबाट चार अंक बनाउदै लिगको दोस्रो स्थानमा उक्लिएको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey