इमर्जिङ एसिया कपबाट नेपाली टिम स्वदेश फिर्ता, कमजाेरी धेरै देखिएकाे कप्तानकाे भनाइ

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०८-०३
  • |
  • 217 पटक हेरिएको

बंगलादेशमा भएको एसीसी इमिर्जिङ एसिया कपको समुह चरणबाट बाहिरीएको नेपाली त्रिकेट टिम स्वदेश फर्किएको छ ।

समुह चरणमा हङकङ विरुद्धको खेलमा मात्र जित निकालेको नेपाली टिमका कप्तान ज्ञानेन्द्र मल्लले टिमले सोचेको जस्तो खेल्न नसकेको बताए । उनले आफ्नो टिमको ब्याटिङमा धेरै कमजोरी देखिएको र अझ धेरै मेहेनत गर्नुपर्ने देखिएको बताए ।

नेपालले भारतसँग सात विकेटको हार ब्यहोरेको थियो भने हङकङ विरुद्ध ४० रनको जित निकालेको थियो । यस्तै बंगलादेशसँग आठ विकेटको हार ब्यहोरेको थियो ।

टिमका कप्तान ज्ञानेन्द्र मल्लले कप्तानको कुनै दबाव नभएको र ब्यक्तिगत प्रदर्शन भने राम्रो नभएको स्विकारे । उनले यसअघि पनि इमर्जिङ कपमा आफुले कप्तानी गरेको तर यसपटक सोचेको जस्तो गर्न नसकेको बताए ।

 

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal