Prabhu Bank

डीपीएलमा विराटनगरको दोस्रो जित, चौराहा १८ रनले पराजित

Kelme Nepal
Mega Bank
  • नेप्लेज
  • |
  • २०७४-१२-२२
  • |
  • 0 पटक हेरिएको

चैत्र २२ । धनगढी प्रिमियर लिग अन्तर्गत अहिले विराटनगर किङसले दोस्रो जित निकालेको छ । आज भएको खेलमा विराटनगरले घरेलु टिम चौराहालाई १८ रनले हरायो ।

कैलाली स्थित संघिय इकाई प्रहरीको मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगर १९ ओभर ५ बलमा एक सय २७ रनमा अलआउट भयो ।

सुरुवात राम्रो गर्न नसकेको विराटनगरको १० रन हुँदा ओपनर दिलिप नाथलाई गुमायो । उनले मात्र ४ रन बनाउँन सके । त्यसपछि ४१ रन हुदा विराटनगरलाई दोस्रो झट्का लाग्यो ।

उसका अर्का ओपनर अनिल शाह २४ रनमा आउट भए । लगत्तै बावर हायात पनि १५ रनमा पेभेलियन फर्किएपछि विराटनगरले ४५ रनमा तेस्रो विकेट गुमायो ।

त्यसपछि क्रिजमा आएका कप्तान पारस खड्का पनि मात्र दुई रनमा आउट हुदा विराटनगरको पारी कमजोर बन्यो । ८१ रन बनाउदा महत्वपुर्ण ६ विकेट गुमाइसकेको विराटनगरले सातौ विकेटका लागि पवन सराफ र सुभंम कामतले सम्हाल्ने प्रयास गरेपनि सफल भएनन ।

जसका कारण एक सय १९ रन हुँदा विराटनगरले आठ विकेट गुमायो । कसिलो बलिङ गरेका सुनिल धमलाले चार विकेट लिए भने रोहन मुस्तफाले दुई विकेट हात पारे ।

जवाफमा चौराहा ९ विकेट गुमाउदा एक सय नौ रनमा रोकियो । ३६ रनमा पहिलो विकेट गुमाएको चौराहाको मिडिल अडरले राम्रो खेल्न सकेन ।

विराटनगरको बलिङ अगाडी खुलेर खेल्न नसकेको चौराहाले ५२ रन बनाउदा ३ विकेट गुमाइसकेको थियो । तयसपछि पनि उसका विकेट झर्ने क्रम रोकिएन ।

८७ रन बनाउदा ६ विकेट गुमाएको चौराहा अन्तत अन्तिम ओभरमा जितका लागि चौराहालाई २७ रन चाहिएको थियो । तर निकाल्न सकेन ।

उसका लागि शंकर रानाले २५ रन बनाउदा अस्फाक अहमदले २२ तथा राजु रिजालले १८ रन जोडे ।

यस्तै सुनिल धमलाले १२ र रोहन मुस्तफाले ११ रन बनाएपनि टिमलाई हारबाट बचाउन सकेनन । बलिङ तर्फ विराटनगरका पवन सराफले चार तथा पारस खड्का र बसन्त रेग्मीले दुई दुई विकेट लिए ।

भर्खरै

Advertisement