Prabhu Bank

दुई आत्मघाती गोलमा बार्सा रोमामाथि हावी

Kelme Nepal
Mega Bank
  • नेप्लेज
  • |
  • २०७४-१२-२२
  • |
  • 6 पटक हेरिएको

दुई उपहार गोल पाउँदा बार्सीलोनाले च्याम्पियन्स लिगमा रोमालाई चार एक गोलले पराजित गर्यो ।

यस्तै स्पेनिस क्लब बार्सीलोनाले नोउ क्याम्पमा दुइ आत्मघाती गोलको मदतमा इटालियन क्लब रोमा माथि चार एकको जीत हात पार्यो ।

३८ औं मिनेटमा रोमाका डेनियाले डि रोसीले आफ्नै पोस्टमा गोल गरेपछि बार्सीलोनाले एक शुन्यको अग्रता लियो ।

५५ औं मिनेटमा फेरी रोमाका कोस्टास मानोलासले आत्मघाती गोल गरे र बार्सीलोनाले खेलमा दुई शुन्यको दुरी बढायो ।

५९ औं मिनेटमा जेरार्ड पिकेले टिमका लागि तेस्रो गोल थपे । ८० औं मिनेटमा इडिन जेकोले गोल गर्दै रोमाको आश जगाएका थिए ।

तर त्यसवेलासम्म रोमाले आफ्नो हात बाट खेल बार्सीलोनाइ सुम्पिसकेको थियो ।

८७ औं मिनेटमा लुइस स्वारेजले एक वर्ष भन्दा बढी समय पश्चात च्याम्पियन्स लिगमा गोल गर्दा बार्सीलोना चार एकको सहज जीत हात पार्दै सेमीफाइनल नजिक पुगेको छ ।

भर्खरै

Advertisement