च्याम्पियन्स लिगमा सिटीमाथि लिभरपुलको सनसनीपुर्ण जित
- नेप्लेज
- |
- २०७४-१२-२२
- |
- 135 पटक हेरिएको
च्याम्पियन्स लिग अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा लिभरपुलले म्यानचेस्टर सिटी माथि तीन शुन्यको प्रभावशाली जीत हात पारेको छ ।
घरेलु मैदान एनफिल्डमा भएको खेलमा लिभरपुलले ३१ मिनेट भित्रै तीन गोल गरेको थियो ।
१२ औं मिनेटमा मोहम्मद सलाहको गोल मार्फत लिभरपुलले प्रिमियर लिग लिडर सिटी विरुद्ध अग्रता लियो ।
सलाहको यो सिजनको ३८ औं गोल हो । तर उनि ५३ औं मिनेटमा चोटग्रस्त हुदै मैदान बाहिरिएका थिए ।
२१ औं मिनेटमा अक्सलेड चेम्बरलेनले गोल गरेपछि सिटी दुइ शुन्यले पछि पर्यो ।
३१ औं मिनेटमा साडियो मानेले हेडर गोल गर्दा लिभरपुल पहिलो हाफमा नै तीन शुन्यको अग्रता लिदै वलियो स्थितीमा पुगेको थियो ।
दोस्रो हाफमा पेप ग्वार्डिवालाको टोलीले सुधारिएको खेल खेलेपनि गोल गर्न असफल भयो । खेलको अन्त्यतिर गाब्रिएल यसुसले गोल गरेपनि रेफ्रिले अफ साइड दिएका थिए ।
जीतसंगै लिभरपुलले क्वाटरफाइनलमा पुर्ण रुपमा नियन्त्रण जमाएको छ । सिटीलाई भने सेमीफाइनल पुग्न दोस्रो लेगमा फराकिलो जीत आवश्याक पर्नेछ । दोस्रो लेग इत्तिहादमा दश अप्रिलमा हुनेछ