आफ्नै भाइको बलले लागेर अगर घाइते भएपछि… (भिडियाे)

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०८-०१
  • |
  • 211 पटक हेरिएको

आफ्नै भाइले ब्याटिङ गरेको बलले लागेर अष्ट्रेलियाका अलराउन्डर एस्टन अगर घाइते भएका छन् ।

अष्ट्रेलियाको करेन रोल्टन ओभलमा भएको दक्षिण अष्ट्रेलियाबिरुद्धको एक दिवसीय क्रिकेटमा क्याच लिन खोज्दा एस्टन घाइते भएका हुन् ।

देशको एक राम्रो अलराउन्डरको रुपमा परिचित अगरले आफ्नै भाइ वेसको बललाई समात्ने प्रयास गर्दा लडेपछि बलले उनको नाकमा लाग्न पुगेको थियो ।

उनको नाकबाट रगत बगिरहेको थियो र मेडिकल टिम उनीतर्फ बढिरहेको भिडियोमा देखिन्छ । बलले लाग्नसाथ उनका भाई वेस आफ्नो दाई अगरलाई सम्हाल्न उनीतर्फ दौडिएका थिए ।

आफ्नो टोपी र चस्मामा रगत देखिपछि अगर केही छिन आतिएका थिए र केही समयपछि उनले मैदान छाडे ।
मैदान छाड्दै गर्दा उनी मुस्कुराएको देखिन्थ्यो । तर त्यो घटनापछि उनी खेल्नका लागि छिट्टै तयार नहुने देखिएको छ ।

 

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey