१३ औं साग आउन १५ दिन बाँकी, तयारी अन्तिम चरणमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०७-३०
  • |
  • 559 पटक हेरिएको

१३ औं साग आउन अब १५ दिन बाँकी छ । सागको तयारी गरिरहेको राष्ट्रिय खेलकुद परिषद् राखेप र नेपाल ओलम्पिक कमिटिले सागको काउन्ट डाउन शुरु गरेको छ । राखेपले पत्रकार सम्मेलन गरि प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको पनि जानकारी गराएको छ । पत्रकार सम्मेलन राखेपका सदस्यसचिव रमेशकुमार सिलवालले प्रतियोगिताको बारेमा जानकारी गराएका थिए ।

सागमा नेपालसहित भारत, पाकिस्तान, श्रीलंका, माल्दिभ्स, भुटान र बंगलादेशले सहभागीता जनाउँदै छ । नेपालले आयोजना हुने सवै २७ खेलमा सहभागिता जनाउने छ भने अरु देशले कम खेलमा सहभागी जनाउने निश्चित गरेका छन् । विच भलिबल र थ्री अन थ्री वास्केटबलसहित २९ खेल आयोजना हुने छन् ।

सागको मुख्यस्थलको रुपमा रहेको दशरथ रंगशाला पनि चाँडै तयार हुने राखेपले जनाएको छ । रंगशाला समयमै तयार नभएपछि कुवेतविरुद्धको विश्वकप छनोट खेल भुटानमा सारिएको छ ।

साग अन्तर्गत यसपटक समावेश गरिएको क्रिकेट प्रतियोगितामा भारत र पाकिस्तानले भाग नलिने जनाइएको छ । विगतको भन्दा नेपाली खेलाडीहरुले यस पटक तयारी राम्रो गरेकाले कम्तिमा ५० स्वर्ण पदक जित्ने सदस्यसचि सिलवालले दावी गरे । पदक जित्ने खेलाडीलाई सरकारले नगद पुरस्कारको व्यवस्था गर्ने र यो विषयमा प्रधानमन्त्रीले नै सम्बोधन गर्ने पनि सदस्यसचिव सिलवालले बताए ।

चुनौतीको रुपमा रहेका सातदोवाटोको ‘हिटिङ सिस्टम’को पौडी पोखरी पनि एक हप्तामा तयार हुने पनि पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । यस्तै पोखरा रंगशाला भने अहिले ठूलो चुनौती रहेको पनि सदस्यसचिव सिलवालले बताए । मंसिर १० गतेसम्म पोखरामा १० हजार क्षमताको प्यारपिट तयार हुने र अबको पाँच दिनमा ट्रयाक एण्ड फिल्ड पनि तयार हुने बताए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey