ऐतिहासिक स्वर्ण पदक जितेको नेपाली भलिबल टिम आज फर्कदैै, नगदसहित सम्मान गर्ने तयारी

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०७-२९
  • |
  • 284 पटक हेरिएको

काठमाडौं, २९ कात्तिक । बंगलादेशको ढाकामा भएको एभीसी सेन्ट्रल जोन वुमन्स भलिबल च्याम्पियनसिपमा स्वर्ण पदक जितेको नेपाली टिमा आज स्वदेश फिर्ता हुने भएको छ । बंगलादेशको मिरपुरमा विहीबार भएको फाइनलमा माल्दिभ्सलाई तीन सून्यको सेटमा पराजित गर्दै नेपालले पहिलो स्वर्ण पदक जित्न सफल भएको हो । जुन ऐतिहासिक उपलब्धिको रुपमा दर्ज भएको छ ।

सेन्ट्रल जोनमा नेपालसहित घरेलु टोली बंगलादेश, माल्दिभ्स, कीर्गिस्तान र अफगानिस्तान सहभागी थिए । यो प्रतियोगितामा नेपाल अपराजित रहँदै स्वर्ण पदक जित्दा नेपालसँग २ पटक पराजित भएको माल्दिभ्सले रजत पदक जित्न सफल भयो । यस्तै तुलनात्मकरुपमा बलियो मानिएको कीर्गिस्तान भने तेस्रो स्थानमा खुम्चिन पुग्यो । यसैगरी घरेलु टोली बंगदेश चौथो स्थानमा रहँदा कुनै पनि खेल नजितेको अफगानिस्तान पाँचौं स्थानमा रहेको छ ।

स्वर्ण पदक जितेको नेपाली टिम आज दिउँसो साढे २ बजे बंगदेशबाट प्रस्थान गर्ने छ । नेपाली टिमलाई एयरपोर्टमा भव्य स्वागत गर्ने तयारी गरिएको नेपाल भलिबल संघले जनाएको छ । खेलाडीलाई स्वागतका लागि युवा तथा खेलकुदमन्त्री, राखेप सदस्यसचिव र भलिबलसँग सम्बन्धी पदाधिकारीको उपस्थिति हुने जनाइएको छ । भलिबल खेलाडीलाई सरकारले नगद पुरस्कार पनि घोषणा गर्ने तयारी गरेको संघले जनाएको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey