शुटिङका लागि कोरियाली प्रशिक्षक

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०७-२८
  • |
  • 375 पटक हेरिएको

आशन्न दक्षिण एसियाली खेलकुदका लागि नेपाली खेलाडीलाई कोरियाली प्रशिक्षकले प्रशिक्षण दिन थालेका छन् । ७४ वर्षे ह्वाङ इन क्वोन प्रशिक्षण दिन दोस्रो पटक नेपाल आइपुगेका हुन् ।

पाँच वर्षअघि दक्षिण कोरियामा भएको एसियाली खेलकुदअघि पनि नेपाली खेलाडीलाई प्रशिक्षण दिन उनी नेपाल आएका थिए ।

नेपाल ओलम्पिक कमिटीको पहलमा नेपाल आएका इन क्वोनले नेपाली खेलाडीमा प्रतिभा भएको र दक्षिण एसियामा च्याम्पियन बनाउने आफ्नो लक्ष्य रहेको प्रतिक्रिया दिए । अहिले शुटिङमा १२ जना पुरुष र १० जना महिला गरी कुल २२ खेलाडी प्रशिक्षणमा छन् ।

चीन सरकारले सातदोबाटोमा बनाइदिएको अत्याधुनिक शुटिङ रेन्जमा खेलाडीहरु प्रशिक्षण गरिरहेका छन् । सन् २०१० मा बंगलादेशमा भएको दक्षिण एसियाली खेलकुदका लागि उनले आयोजक टोलीका खेलाडीलाई प्रशिक्षण दिएका थिए । त्यसबेला बंगलादेशले पाँचवटा स्वर्ण जितेको थियो । उनको प्रशिक्षणमा बंगलादेशले कमन वेल्थ गेम्समा पनि दुई वटा स्वर्ण जितेको थियो । दुबै सफलता बंगलादेशका लागि ऐतिहासिक थियो । शुटिङमा नेपालले एघार विधामा प्रतिष्पर्धा गर्दैछ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey