सेन्ट्रल जोनको फाइनल अघि नेपाल र माल्दिभ्स भिड्दै

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०७-२७
  • |
  • 192 पटक हेरिएको

ढाका, २७ कात्तिक । एभीसी सेन्ट्रल जोन भलिबलको समूह चरणको अन्तिम खेलमा नेपालले आज माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दैछ ।

नेपाल र माल्दिभ्स यसअघिनै फाइनलमा प्रवेश गरिसकेका छन् । आजको नतिजाले कुनै पनि प्रभाव पार्ने छैन् । दुवै टिमले आजको खेललाई फाइनल अघिको अभ्यासका रुपमा लिएका छन् । नेपालले प्रतियोगितामा तीन खेलबाट ९ अंक जोड्दै शीर्ष स्थानमा कव्जा जमाउँदा समान खेलबाट माल्दिभ्सले ८ अंक बनाएको थियो ।

माल्दिभ्सले कीगिस्तानलाई ३–२ को सेटमा पराजित गर्दा अंक बाँडन पुगेको थियो । नेपालले भने अहिलेसम्म तीन वटै खेलमा सिधै सेटमा जित हात पारेको छ । नेपाल र माल्दिभ्स २ वर्ष पछि फेरि भिड्दै छन् । त्यतिबेला नेपालले माल्दिभ्सलाई पराजित गरेको थियो । मा

पराजित गरेको तत्कालिन खेलाडी अरुणा शाहीको कप्तानीमा नेपाली टिमले खेलिरहेको छ । त्यतिबेला प्रतिभा मालि र सरस्वती चौधरी पनि नेपाली टिममा थिइन् । नेपाली टिममा अहिले नयाँ र पुराना खेलाडी बराबर छन् भने माल्दिभ्सको खेलाडी अधिकांश उनै खेलाडी रहेका छन् । नेपाली टिमका प्रशिक्षक जगदीश भट्टले हरेक खेल जित्नका लागि नेपाली टिम उत्रने बताए । फाइनलमा पुगिसकेको भन्दै हेलचक्र्याइ नगर्ने पनि उनले बताए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey