नेपाल एक खेल अगावै एभिसी सेन्ट्रल जोन महिला भलिबलको फाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०७-२६
  • |
  • 91 पटक हेरिएको

एभीसी सेन्ट्रल जोन महिला भलिबल प्रतियोगितामा नेपालले लगातार आज तेस्रो खेल जितेको छ ।

पहिलो खेलमा अफगानिस्तानलाई ३–० को सोझो सेटमा हराएको नेपालले हिजो भएको दोस्रो खेलमा किर्गिजस्तानलाई पनि ३–० कै सेटमा हराएको थियो । त्यस्तै तेस्रो खेलमा आज नेपालले आज बंगलदेशलाई ३–० कै सोझो सेटमा पाखा लगाएको छ । नेपालले पहिलो सेटमा२५–७,दोस्रो सेट २५–६, र तेस्रो सेटमा २५–६ ले पराजित गरेको हो ।

नेपालकी सुनिता खड्का वुमन्स अफ दि म्याच घोषित भइन् । नेपालले यस जितसँगै ३ खेलबाट ९ अंक जोड्दै शिर्ष स्थानमा रहेको छ । नेपाललाई पछ्याउने क्रममा माल्दिभ्सको समान ३ खेलबाट ८ अंका रहेको छ ।

प्रतियोगितामा पाँच टिमको सहभागिता रहेको छ । प्रतियोगितामा नेपालसहित किर्गिजस्तान, माल्दिभ्स, बंगलादेश र अफगानिस्तान सहभागि छन् ।
राउण्ड रोविन लिगका आधारमा संचालन भइरहेको प्रतियोगिताको शीर्ष दुई टिमले उपाधिका लागि प्रतिष्पर्धा गर्नेछन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey