चाेट निकाे नभएपनि टिमका लागि खेल्ने सक्छु-सरस्वती चाैधरी (भिडियाे)

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०७-२५
  • |
  • 465 पटक हेरिएको

नेपाली महिला भलिबल टिमकी स्पाइकर सरस्वती चाैधरीले आफु चोटबाट पूर्ण रुपमा ठिक भइनसकेपनि खेल्न भने सक्नेमा विश्वस्त रहेकाे बताएकी छिन । पहिलाे खेलमा पुर्ण रुपमा आराम गरेकी उनले कीर्गिस्तान विरुद्द भने तेस्राे सेटमा काेर्टमा उत्रिएकी थिइन ।

खेलपछि उनले अझैपनि शत प्रतिशत फिट छैन । खेल्न भने सक्छु । आज कोर्टमा उत्रन पाउँदा खुसी लग्यो । गुरुले अन्तिम सेटमा खेल्ने मौका दिनुभयो । अन्तर्राष्ट्रिय प्रतियोगितामा खेल्न पाउँदा निकै खुसी रहेकाे बताइन ।

टिमका बारेमा बाेल्दै उनले नयाँ खेलाडी भएपनि सबै राम्रा छन् । सबै एकैसाथ खेल्ने हुनाले कोहि पनि नर्भस छैन । सिनियर खेलाडीको रुपमा हामीले सक्दो सहयोग गरेका छौं,’ उनले थपिन्, ‘ हामीले पहिलो खेल पनि राम्रो खेलेका थियौं । आज लगातार दोस्रो जित दर्ता गरेका छौं । अबको लक्ष्य उपाधि जित्ने नै हो ।’

सरस्वतीले खेलको प्रदर्शनबारे नेपालको टोली राम्रो स्तरको रहेको बताइन् । ‘ हाम्रो टोली अन्य टोलीभन्दा राम्रो छ । आज किर्गिस्तानले राम्रो खेलेको हो । सबै पक्षमा राम्रो प्रदर्शन थियो । हामी उनीहरु भन्दा राम्रो छौं । अबको लक्ष्य यस प्रतियोगिता जित्ने मात्र हैन सागमा पनि सोहि नतिजा हासिल गर्ने रहेकाे बताइन ।

बाँकी भिडियाेमा

 

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey