Prabhu Bank

ह्योसिमेस दोश्रो खुल्ला राष्ट्रिय पुरुष प्रतियोगिता भोली देखि

Kelme Nepal
Mega Bank
  • नेप्लेज
  • |
  • २०७४-१२-२०
  • |
  • 0 पटक हेरिएको

चैत्र २९ । नमुना युथ एक्टीभ ग्रुपको आयोजनामा संचालन हुने मेलम्ची खानेपानी ह्योसिमेस दोश्रो खुला राष्ट्रिय पुरुष प्रतियोगिता बुधवार देखि हुने भएको छ ।

मेलम्ची बजारमा चैत्र २४ सम्म संचालन हुने प्रतियोगितामा नेपाल आर्मी,पुलिस,एपीएफ,पश्चिमाञ्चल,थ्रीस्टार एकेडेमी,जाउलाखेल भलिबल प्रशिक्षण केन्द्र र स्थानिय टिम रहेका छन् ।

प्रतियोगितालाई मेलम्ची खानेपानी ह्योल्मो सिन्धु मेलम्ची सामाजिक उत्थान कार्यक्रम सञ्चालन समिति(ह्यो.सि.मे.स.)ले मुख्य प्रायोजन गरेको छ । मुख्य प्रायोजन गरे बापत ८ लाख उपलब्ध गराएका छ ।

प्रतियोगितालाई मेलम्ची नगर पालिकाले सह–प्रायोजन गरेको छ । प्रतियोगितालाई सह प्रायोजन गरे बापतको नगर पालिकाले नगद ५ लाख उपलब्ध गराएको छ ।

त्यस्तै हेलम्बु एजुकेशन एण्ड लिभिङ पाटर्नशिप(हेल्प) का संचालक जिमी लामाले प्रतियोगिताको प्रथम पुरस्कार बापतको १ लाख ५२ हजार उपलब्ध गराउने भएका छन् ।

प्रतियोगिताको सफलताका लागि श्यामा श्यामाधामा मेलम्ची शाखाका श्याम खड्काले १ लाख ११ हजार,तामाङ समाज रामेछाप कोरियाका उपाध्यक्ष बुद्ध लामाले १ लाख,दिपक फुट सेन्टर कालीमाटी र न्यु बुद्ध मिनी मार्केटले समान ५० हजार उपलब्ध गराएका छन् ।

प्रतियोगिताको बिजेताले १लाख ५२ हजार २ सय २ रुपया,उपाबिजेतालाई ८२ हजार २ सय २ रुपया, र तेश्रो हुनेले ५२हजार २ सय २ नगद प्राप्त गर्ने छन् ।

प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले ७ हजार र बिधागत उत्कृष्टले जनहि ५ हजार प्राप्त गर्ने छन् । सहभागि टिमको आते–जाते र बस्ने–खाने ब्यवस्था आयोजले गर्ने छ ।

भर्खरै

Advertisement