क्रिकेट स्टेडियमका लागि जग्गा हेर्न ब्यस्त धुर्मुस

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१२-२०
  • |
  • 161 पटक हेरिएको

चैत्र २०, बुटवल । लर्ड बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला बनाउने अभियान बोकेको धुर्मुस सुन्तली फाउण्डेसनको टोलीले रुपन्देहीको सैनामैनामा जग्गा अवलोकन गरेको छ ।

सैनामैना नगरपालिकाको अनुरोधमा आएको टोलीले सैनामैना ७ लम्टरियामा रहेको ६५ बिगाह जमिनमा रंगशालाको सम्भाव्यताबारे अवलोकन गरेको हो ।

स्थानीयले वृक्षरोपण गरेर हरियालीमा परिणत गरेको सो सार्वजनिक जग्गा पूर्वपश्चिम राजमार्गबाट २, वुद्ध जन्मस्थल लुम्बिनीबाट १६ र अन्तराष्ट्रिय गौतमबुद्ध जन्मस्थलबाट करिब १८ किलोमिटरको दुरीमा रहेको छ ।

अबलोकनपछि अध्यक्ष सीताराम कट्टेलले स्थानीयको उत्साह र फाउण्डेशनले निर्माण गर्ने भनेको रंगशालाका धेरै उद्धेश्य यस क्षेत्रसंग मेल खाने भएकाले प्राविधिक परिक्षण सफल भएमा यही क्षेत्रलाई रोज्ने बताए ।

रंगशाला निर्माण गर्न नगरपालिकाले जग्गासंगै चालु आर्थिक वर्षमै एक करोड रुपैया उपलब्ध गराउने उद्घोष गरेको छ ।

टोलीले रंगशाला निर्माणबारे प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलसंग छलफल गरेको छ भने भैरहवामा रहेको सिद्धार्थ क्रिकेट रंगशालाको समेत अनुगमन गरेको छ ।

फाउण्डेशनले बनाउने भनेको बहुउपयोगी रंगशालामा ४० हजार दर्शकले खेल हेर्न सक्नेछन् । त्यसमा क्रिकेटसंगै फुटबल, लन टेनिस, बेसबल लगायत धेरै खेलहरु खेल्न सकिने छ ।

२ अर्ब बजेट अनुमान गरिएको रंगशाला चालु आर्थिक वर्षमै जग्गा छनोट गरेर शिलान्याश गर्ने तयारी छ । जसलाई शिलान्याशको २ वर्षभित्रमा तयार गर्ने योजना छ ।

धेरै क्षेत्रबाट रंगशालाको माग आएपछि फाउण्डेशनले पहिलो पटक एक क्षेत्रमा अन्तराष्ट्रिय रंगशाला निर्माण गरेर त्यसपछि अन्य क्षेत्रमा राष्ट्रिय रंगशाला बनाउने फाउण्डेशनको योजना बनाएको अध्यक्ष कट्टेलले बताए ।

भक्तपुरको चाङ्गुनारायण र काठमाडौंको मूलपानीमा यसअघि जग्गा अवलोकन गरेको फाउण्डेशनले अब चितवनमा समेत जग्गा समेत अवलोकन गर्ने छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey