दशरथ रंगशालाको भीआइपी तर्फकाे छानो बुधबार आइपुग्ने

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०७-२२
  • |
  • 215 पटक हेरिएको

साग आयोजनाका लागि मुख्य बाधकको रुपमा रहेको दशरथ रंगशाला पुननिर्माणको क्रममा छ । यही भीआईपी प्यारापिटको छानो हाल्ने काम भइरहेको छ ।

रंगशालाको छानोको रुपमा प्रयोग गर्न लागेको अत्याधुनिक फ्याब्रिक बुधबार मात्रै नेपाल आइपुग्ने भएको छ । चाइना साउदर्न एयरलाइन्सको कार्गो विमानमार्फत ती सामान नेपाल ल्याउन लागिएको हो ।

अहिले रंगशालामा भीआईपी प्यारापिटमा छानो हाल्न फलामे पोल फिट गर्ने काम भइरहेको छ । यो काम सकिएपछि फ्याब्रिक छानो राखेर रंगशाला तयार पारिनेछ ।  मंसिर पहिलो सातासम्म रंगशाला तयार पारिसक्ने लक्ष्य राखिएकाे  छ ।

साग मंसिर १५देखि २४ सम्म आयाेजना हुँदैछ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey