च्याम्पियन्स लिगमा रियाल र युभेन्टस तथा सेभिया र बार्यन भिड्दै

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१२-२०
  • |
  • 155 पटक हेरिएको

युरोपियन च्याम्पियन्स लिग अन्तर्गत आज देखि क्वाटरफाइनलका खेल हुनेछन । जसमा पहिलो खेलमा युभेन्टस र रियाल मड्रिड तथा सेभिया र बार्यन म्युनिख आमनेसामने हुँनेछन ।

च्याम्पियन्स लिगमा सर्वाधिक सफल टिम रियालले पहिलो लेगमा युभेन्टससँग एलिनाज स्टेडियममा राति पौने एक बजेट युभेन्टससँग खेल्नेछ ।

रियाल प्रशिक्षक जिनेदिन जिदानको पूर्व क्लव युभेन्टस विरुद्धको खेलमा क्लवका उत्कृष्ट खेलाडी क्रिस्टियानो रोनाल्डो, सर्जियो रामोस, मिडफिल्डर इस्को टिममा फर्किनेछन ।

ला लिगा अन्तर्गत लास पाल्मोस विरुद्धको खेलमा यी खेलाडीलाई आराम दिइएको थियो । तर डिफेन्डर नाचो भने चोटका कारण उपस्थित हुने छैनन ।

यता घरेलु मैदानमा युभेन्टसका डिफेन्डर मेधी बेनाटे र मिडफिल्डर मिरालिम पिजानीकले खेल्न पाउनेछैनन । दुबै खेलाडी प्रतिबन्धमा परेका छन ।

रियाल र युभेन्टसको यो युरोपियन प्रतियोगितामा २० औं भिडन्त हुनेछ । यसअघि खेलका खेलमा रियालले नौ मा जित निकालेको छ भने युभेन्टस आठमा विजयी भएको छ ।

युभेन्टस च्याम्पियन्स लिगमा धेरैपटक सेमिफाइनलमा पुग्ने एक्लो इटालीयन क्लव हो । अहिलेसम्म युभेन्टस ७ पटक अन्तिम चारमा पुगेको छ । घरेलु मैदानमा युभेन्टस २७ खेलदेखि अपराजित रहदै आएको छ ।

जसमा उसले १६ खेलमा जित निकालेको छ भने बाकिँ खेलमा बराबरी खेलेको छ । त्यसमा पनि रियाल विरुद्ध घरेलु मैदानमा १९६२ पछि हारेको छैन ।

यता रियाल १३ औं पटक च्याम्पियन्स लिगको सेमिफाइनलमा पुग्ने लक्ष्यमा छ । युभेन्टस विरुद्धको खेलमा रोनाल्डोको प्रदर्शन जहिले पनि राम्रो रहँदै आएको छ ।

उसले युभेन्टस विरुद्धका पछिल्ला पाँच खेलमा सात गोल गरेका छन ।

बार्यन र सेभिया पनि भिड्दै

अर्को खेलमा सेभियाले जर्मन जाइन्ट बार्यन म्युनिखसँग खेल्नेछ । क्वाटरफाइनलमा म्यानेचस्टर युनाईटेडलाई हराएको सेभिया घरेलु मैदानमा पाँच पटकको च्याम्पियन बार्यनलाई हराउँदै नयाँ इतिहास बनाउने लक्ष्यमा छ ।

अन्तिम पटक १९५८ मा युरोपियन कपको क्वाटरफाइनलमा पुगेको सेभिया यसपटक बार्यनलाई हराउँदै पहिलो पटक च्याम्पियन्स लिगको सेमिफाइनलमा पुग्न योजनामा छ ।

तर बलियो क्लव बार्यन विरुद्ध जित निकाल्न त्यति सजिलो भने हुने छैन । तर आज बार्यन पहिलो रोजाईका गोलकिपर म्यानुयल म्युएर, मिडफिल्डर किङस्ले कोमन र डिफेन्डर जुवा बेर्नाट विना नै मैदानमा उत्रनेछ ।

यी दुई टिम पहिलो पटक च्याम्पियन्स लिगमा खेल्न लागेका हुन । सेभिया च्याम्पियन्स लिगका पछिल्ला पाँच खेलमा अपराजित रहेको छ ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal