वेस्टइन्डीज विरुद्धको टी ट्वान्टी श्रृंखला पाकिस्तानको पक्षमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१२-२०
  • |
  • 350 पटक हेरिएको

नेप्लेज १९ चैत । वेस्टइन्डीज विरुद्धको दोस्रो टी ट्वान्टी क्रिकेट पनि पाकिस्तानले जितेको छ । जितसँगै पाकिस्तान सिरिजमा २ – ० ले सिरिज कव्जा गरेको छ ।

सोमबार राती भएको खेलमा पाकिस्तानले वेस्टइन्डिजलाई ८३ रनले पराजित गरेको हो । टस जिति पहिला व्याटिङ गरेको घरेलु टोलिकालागि बाबर आजमले ९७ रन बनाए पछि पाकिस्तानले २ सय ६ रनको लक्ष्य दिएको थियो ।

अन्तिम ओभरका दुई बल फेस गरेका वाबरले १ रन मात्रै बनाएपछि सतक बनाउन ३ रनले रोकिएका थिए । हुसन तलते ६३ रन बनाउँदा सोयब मलिकले १७ रन बनाएर नट आउट रहे ।

२ सय ६ रनको लक्ष्य पच्छाएको पाहुनाटोली वेस्टइन्डिज ४ बल बाँकी छदै १ सय २३ रनमा रोकिएको थियो । पाकिस्तानकालागि मोहमद आमिरले ३ तथा हसन तलत र सहदाव खानले दुई दुई विकेट लिएका थिए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey