सागमा अफगानिस्तानले नखेल्ने, कारण यस्ताे !

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०७-२२
  • |
  • 207 पटक हेरिएको

अफगानिस्तान आसन्न दक्षिण एशियाली खेलकुद सागका लागि नेपाल नआउने पक्का भएको छ ।

यसअघि सागमा अफगानिस्तानले पनि सहभागितााको चासो दिएको बताइएको थियो । जसका लागि दक्षिण एशियाली आलम्पिक काउन्सिलको बैठकले निर्णय गर्ने बताइएको थियो । तर अन्तिम समयमा अफगानिस्तानले सागबाट हात झिकेको छ ।

सागमा सहभागिताका लागि अफगानिस्तानले आफु बलियो भएको खेलहरुमा सहभागिताका लागि पहल गरेको थियो । तर त्यसमा नेपाल सहमत नभएपनि नआउने भएको हो । यसका साथै अफगानिस्तानले सागमा सहभागिता जनाउन ओसिएले स्विकृती दिनुपर्ने र त्यसका लागि सागको अहिलेको मितीले नभ्याउने नेपाल ओलम्पिक कमिटीले जनाएको छ ।

यसैविच सागमा सहभागिता जनाउने सात देशलेको खेल विधा निश्चित भएको छ । जसमा नेपालले मात्र सबै खेलमा सहभागिता जनाउने भएको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey