नेपाली क्रिकेट टोली युएई प्रस्थान

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-१३
  • |
  • 797 पटक हेरिएको

माघ १३, काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग डिभिजन टू को तयारीस्वरुप बैदेशिक प्रशिक्षणका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली शनिबार अपराह्न संयुक्त अरव इमिरेट्स युएई प्रस्थान गरेको छ ।

घरेलु मैदानमा करिव दुई साताको प्रशिक्षणपछि नेपाली टोलीले युएईमा प्रशिक्षणसँगै तीन अभ्यास खेल खेल्नेछ । युएई ए टिमसँग २ र युएई एघारसँग १ अभ्यास खेल खेल्ने तय भएको छ ।

नेपाली टोली उतैबाट नामिविया प्रस्थान गर्नेछ । नामिवियाको विकेट सुहाउँदो हुने गरी युएईमा नेपालले अभ्यास गर्न लागेको हो । यसअघि दक्षिण अफ्रिकामा अभ्यास गर्ने तयारी गरे पनि आईसीसीले अनुमति दिएको थिएन ।

एकदिवशीय विश्वकप छनोटको मुख्य आधार रहेको डिभिजन टू क्रिकेटमा नेपालसँगै नामिविया, युएई, केन्या, ओमान र क्यानडा छन् ।

प्रतियोगिताको शीर्ष दुईभित्र पर्न सके नेपाल पुनः डिभिजन वानमा उक्लनेछ भने आगामी मार्चमा हुने विश्वकप छनोट प्रतियोगितामा पनि सहभागी हुन पाउनेछ ।

डिभिजन टू प्रतियोगिता माघ २५ देखि फागुन ३ गतेसम्म सञ्चालन हुनेछ । नेपालले आफ्नो पहिलो खेल माघ २५ गते आयोजक नामिवियासँगै खेल्नेछ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey