स्मिथको स्थानमा क्लासेनले आईपीएल खेल्ने

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१२-१९
  • |
  • 166 पटक हेरिएको

चैत १९ । आईपीएल टिम राजस्थान रोयल्सले दक्षिण अफ्रिकाका विकेटकिपर ब्याट्सम्यान हेनरिक क्यासेनलाई अनुबन्ध गरेको छ ।

कप्तान स्टिभ स्मिथ बल टेम्परिङ प्रकरणका कारण एक बर्षे प्रतिबन्धमा परेपछि स्मिथको स्थानमा राजस्थानले क्लासेनलाई भित्राएको हो । उनलाई राजस्थानले ५० लाख भारुमा अनुबन्ध गरेको राजस्थानले जनाएको छ ।

२६ बर्षे क्लासेनले गएको फेब्रुअरीमा भारतविरुद्ध अन्तर्राष्ट्रिय डेब्यु गरेका थिए । ट्वान्टी ट्वान्टीमा ४४ इनिङ खेलेका क्लासेनल १४६ को स्ट्राइक रेटमा स्कोर गरेका छन् ।

बेन स्टोक्स पनि अदालती तारिकमा रहेका बेला रोयल राजस्थान केही संकटमा देखिएको छ । राजस्थानले स्टोक्सको स्थानमा पनि विकल्प खोज्ने तयारी गरेको बुझिएको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey