जुमानु राई हाइटी जाँदै

0

चैत १९, काठमाडौं । राष्ट्रिय टिम तथा नेपाल पुलिस क्लबका स्ट्राइकर जुमानु राई संयुक्त राष्ट्र संघ शान्ति स्थापनार्थ मिसनका लागि हाइटी प्रस्थान गरेका छन् ।

एक बर्षे मिसनका लागि जुमानु राई सोमबार राती हाइटी प्रस्थान गर्दैछन् । नेपालका लागि ५४ अन्तर्राष्ट्रिय खेल खेलिसकेका जुमानु राईले ११ अन्तर्राष्ट्रिय गोल गरिसकेका छन् ।

एक बर्षे मिसनबाट नेपाल फर्किएपछि पनि फुटबललाई निरन्तरता दिने सोच रहेको जुमानुले नेप्लेजलाई बताए । उनले अहिले दोस्रो श्रेणीको प्रशिक्षक प्रशिक्षण उत्तीर्ण गरिसकेका छन् । नेपाल पुलिस क्लबलाई नै केही योगदान दिने उनको सोच छ ।

राष्ट्रिय टिमबाट कहिले सन्यास लिनुहुन्छ भन्ने हाम्रो प्रश्नमा जुमानु राईले विदाई लिँदा अखिल नेपाल फुटबल संघबाट केही पुरस्कारको अपेक्षामा रहेको प्रतिक्रिया दिए ।

Post Add 1025X115
Loading...