डीपीएल-२, काठमाडौ‍द्वारा रुपन्देहीसामु १८७ रनको लक्ष्य

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१२-१९
  • |
  • 183 पटक हेरिएको

चैत्र १९ । डिपिएल अन्तर्गत आजको दोस्रो खेलमा काठमाडौ गोल्डेन्सले रुपन्देही च्यालेञ्जर्सलाई एक सय ८७ रनको चुनौती प्रस्तुत गरेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौले २० ओभरमा ४ विकेट गुमाउदै एक सय ८६ रन बनायो ।

बलियो सुरुवात गरेको काठमाडौका विदेशी खेलाडी सुबोध भाटी ४२ रनमा आउट हुँदा ६५ रनमा पहिलो विकेट गुमायो ।

त्यसपछि चौराहालाई हराउँदा नायक बनेका अमित श्रेष्ठ ३० रनमा पेभेलियन फर्किएपछि काठमाडौले ७४ रनमा दोस्रो विकेट खेर फाल्यो ।

काठमाडौको मिडलअडरका खेलाडलाई पनि राम्रो प्रदर्शन गरे ।

सन्नी पटेलले अविजीत ४८ रन बनाए भने नरेश बुढाऐरले ३० तथा कप्तान ज्ञानेन्द्र मल्लले २० रन बनाए ।

यस्तै भुपेन्द्र थापाले १४ रन थपे ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey