धुर्मुसलाई क्रिकेट स्टेडियम बनाउन चितवन महानगरले १० विगाहा जग्गा दिने

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१२-१९
  • |
  • 266 पटक हेरिएको

चैत्र १९ । अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम बनाउन धुर्मस सुन्तली फाण्डेशनलाई भरतपुर महानगरपालिकाले १० विगाहा जग्गा दिने घोषणा गरेको छ ।

चितवनमा महानगरपालिकाले सोमबार पत्रकार सम्मेलन गरेर जग्गा दिनुका साथै आर्थिक र भौतिक सहयोग पनि गर्ने बताएको छ ।

भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले चितवन देशकै पाइकपर्ने ठाउँमा रहेको बताउँदै धुर्मस सुन्तली फाण्डेशनलाई स्टेडियम निर्माणका लागि जग्गा दिने बाचा गरिन ।

महानगरपालिकाको २० नम्वर वडामा रहेको चित्रवन रंगशालाको जग्गा धुर्मस सुन्तली फाउण्डेशनलाई उपलब्ध गराउने मेयर दाहालले बताइन ।

साथै उनले महानगरपालिकाका तर्फबाट धुर्मस सुन्तली फाण्डेशनलाई पत्र लेख्ने र दिउँसो बस्ने बोर्ड बैठकले अनुमोदन गर्ने तयारी गरेको छ ।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले चितवन प्याकेजअन्तर्गत गत बर्ष ५० लाख रकम रंगशाला निर्माणमा विनियोजन गरेका थिए ।

तर, १९ लाख ३० हजार मात्रै खर्च भएको छ । बाँकी रकम फ्रिज भएको थियो । चित्रवनको खाली १ सय ७० विगाहा जग्गा मध्ये १० विगाहा रंगशाला निर्माणका लागि छुट्याइएको हो ।

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey