नेपालले मात्रै सागमा सवै खेलमा सहभागिता जनाउने, क्रिकेटबाट भारतले हात झिक्यो

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०७-२०
  • |
  • 210 पटक हेरिएको
आगामी मंसिर १५ गतेदेखि नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को खेल तालिका सार्वजनिक भएको छ ।
तालिका अनुसार आयोजक नेपालले मात्रै सबै २७ खेलमा सहभागिता जनाउँदैछ ।बंगलादेश र श्रीलंकाले २५–२५ खेलमा सहभागिता जनाउँदा भारतले यसपटक १७ वटा खेलमा मात्रै सहभागिता जनाउने निश्चित गरेको छ ।
नेपालले पदकको आशा गरेको कराँते, तेक्वान्दो लगायत कबड्डी, आर्चरी, गल्फ, टेबल टेनिस, लनटेनिस, क्रिकेट जस्ता खेलहरुबाट भारतले हात झिकेको हो ।
सागमा पाकिस्तानले १८ र भुटानले १४ खेलमा सहभागिता जनाउने भएका छन् । माल्दिभ्सले सबैभन्दा कम ११ खेलमा मात्रै सहभागिता जनाउने निश्चित गरेको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey