मायामी ओपनको पुरुषतर्फको उपाधि इस्नरलाई

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१२-१९
  • |
  • 184 पटक हेरिएको

अमेरीकाको मायामीमा सम्पन्न मायामी ओपन टेनिसको पुरुष तर्फको उपाधि घरेलु खेलाडी जोन इस्नरले जितेका छन ।

फाइनलमा जर्मनीका एलेक्जेन्डर भरेभलाई हराउँदै इस्नरले करियरको सबैभन्दा ठुलो उपाधि हात पारे ।

फ्लोरीडामा भएको फाइनलमा ३२ बर्षे इस्नरले भरेभलाई दुई एकको प्रतिस्पर्धात्मक सेटमा हराए ।

विश्व बरियतामा हाल १७ औ स्थानमा रहेका इस्नरले भरेभको एक सेटको अग्रता उल्ट्याएका हुन ।

पहिलो सेट भरेभले टाइब्रेकरमा सात छ ले जितेका थिए । तर त्यसपछि उत्कृष्ट कमब्याक गर्दै इस्नरले करियरको पहिलो ठुलो उपाधि जिते ।

उनले दोस्रो सेटमा भरेभको दुई सर्भिस ब्रेक गर्दै छ चारले हात पारे भने तेस्रो तथा अन्तिम सेटमा पनि छ चारले नै विजयी भए ।

अन्तिम सेटमा भरेभले २० वटा ब्रेक पोइन्टलाई बचाएपनि अन्तिममा इस्नरले एस सर्भिस गर्दै जित निकाले । यो उपाधिसँगै इस्नर नयाँ बरियतामा शिर्ष १० मा पुग्नेछन ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey