एभीसी सेन्ट्रल जोनमा नेपालको दावी स्वर्ण पदकमा हो : कप्तान शाही

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०७-१९
  • |
  • 196 पटक हेरिएको

मुक्तिबाबु रेग्मी । नेपाली सिनियर महिला भलिबल टिमले शनिबारदेखि बंगलादेशमा शुरुहुने एभीसी सेन्ट्रल जोन प्रतियोगिता खेल्दै छ । प्रतियोगिताका लागि नेपाल भलिबल संघले अरुणा शाहीको कप्तानीमा १२ सदस्यीय नेपाली टिमको घोषणा पनि गरेको छ । नेपाली टिमकी कप्तान शाहीले नेप्लेजसँग कुरागर्दै आसन्न सेन्ट्रल जोनका लागि सबै तयार रहेको बताइन् । उनले थाइल्याण्डको प्रशिक्षण राम्रो भएको र सेन्ट्रल जोनमा नेपाली टिम स्वर्ण पदक जित्ने लक्ष्यका साथ बंगलादेश जान लागेको पनि उल्लेख गरिन् ।

थाइल्याण्डको प्रशिक्षण कस्तो रह्यो ?
थाइल्याण्डमा नयाँ कुराहरु सिकेर आयौं । थाइल्याण्डको वैदेशिक प्रशिक्षण राम्रो भएको छ । अभ्यास म्याँचका क्रममा हामीले उनीहरुको स्पिड र हाम्रो स्पिड मिलाउने प्रयास गर्‍यौं । उनीहरु फास्ट खेल्ने रहिछन् हामी अलि ढिला रहेको जस्तो महसुस गर्‍यौं ।

हाम्रो कमजोर कुरा ?

हामी एकदमै स्लो छौं जस्तो लाग्यो । त्यसैले आगामी प्रतियोगितालाई मध्यनजगर गर्दै फास्ट हुन जरुरी छ । साथै सर्भिसमै समस्या देखियो यसमा सुधार गर्नुपर्ने छ । हाम्रो स्पाइक राम्रो छ ।

बंगलादेशमा हुने एभीसी सेन्ट्रल जोनका लागि कत्तिको उत्साहित हुनुहुन्छ ?

पहिलो पटक अन्तर्राष्ट्रिय टुर्नामेन्ट खेल्दै छौं । जसले गर्दा म मात्रै होइन पुरै टिम नै उत्साहित भएको छ । उक्त प्रतियोगितामा राम्रो नतिजाको पनि अपेक्षा गरेका छौं ।

राम्रो नतिजा भनेको ?

एभीसी सेन्ट्रल जोनमा फाइनल खेल्ने लक्ष्य लिएका छौं । तयारी पनि राम्रो गरेकाले फाइनल खेलेर स्वर्ण पदक जित्ने लक्ष्य छ ।

सागको बारेमा के सोँच्नु भएको छ ?

सागको तयारीका लागि पनि यो सेन्ट्रल जोनले ठूलो हेल्प गर्छ । यो गेमले गर्दा सागका लागि म्याच एक्सपेरियन्स पनि हुन्छ ।

याे पनि

http://bishalcement.com/neplays/2019/11/61007/

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal